मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय : मन्त्री थापा

काठमाडौं : गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताएका छन्। सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखित काम गरेको बताएका हुन्। उनले भने, ‘समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ । जहाँ दुख छ, त्यहाँ रेडक्रस पुग्ने गरेको छ। परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ। भूकम्पका बेला होस् या अन्य प्राकृतिक

सम्बन्धित सामग्री

मन्त्री थापा र कलाकार ओवरायबीच भेटवार्ता

कास्की :  गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा  र  भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ। शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका हुन्।भेटमा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका विषयमा कुराकानी भएको छ। ओवरायले पोखराको सुन्दरताको बयान गरेका छन्। सपरिवारसहित नेपाल आएका ओवरायले पोखराको रमणीय पर्यटकीय स्थलको भ्रमणले आफू लालयित भएको अभिव्यक्ति दिए। गण्डकी प्रद

गोल्डकप विजेतासँग मन्त्री थापा

काठमाडौँ,९ असोज । मोरङको भाउन्नेमा जारी प्रथम तरुण गोल्डकपको उपाधि वडा नम्बर २ उपाधि चुमे । नेपाल तरुण दल क्षेत्र नम्बर ३ को आयोजनामा जारी खेलको शनिबार भएको फाइनल खेलमा प्रतियोतिाका विजेताले नगद २ लाख १ हजारका साथै ट्रफी प्रमाणपत्र प्राप्त गरेसँगै प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापालगायतसँग सामुहिक तस्बिरमा […]

देशको भविष्य अब युवाहरूको काँधमा : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रूपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उद्घाटन गर्दै उनले देशको भविष्य अब युवाहरूको काँधमा रहेको उल्लेख गरे । ‘देशको भविष्य अब युवाहरूको काँधमा छ’, उनले भने, ‘तपाईँहरूको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारीरिक एवम् मानसिक स्वस्थताका

महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता

मन्त्री थापा महाधिवेशन प्रतिनिधि चयन

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा कास्की–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरेर विजयी भएका हुन् । उनले खसेको ४९५ मतमा ३६१ मत पाएका थिए । दोस्रोमा देवराज चालिसेले ३२३ मत प्राप्त गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का २८८ मत ल्याएर तेस्रो स्थानमा निर्वाचित भए ।

सञ्चारजगत संवेदनशील हुनुपर्दछ : मन्त्री थापा

गण्डकी, २४ असोज: गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उनले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए […]

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः मन्त्री थापा

पोखरा, १३ असोज । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा उनले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए । मन्त्री थापाले […]

संविधानको मर्म अनुसार काम गर्न पाइएको छैन : मन्त्री थापा

पोखरा : गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले संविधानको मर्म अनुसार काम गर्न नपाएको बताएका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिवार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले केन्द्रले सम्पूर्ण अधिकार आफ्नो मातहतमा राखेको कारण पनि संविधानको मर्म…

सक्षम र कुशल नेतृत्व चयन गरौं : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले क्रियाशीलताका आधारमा सक्षम र कुशल नेतृत्व चयन हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–८ को वडा अधिवेशन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले बिकास र समृद्धिको यात्रालाई अगाडि बढाउन सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको औल्याएका हुन् । मन्त्री थापाले आफू प्रत्यक्ष सांसदको रुपमा विजयी हुँदा यस वडाका जनताको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको स्मरण

खेलकुदमैत्री कानून बन्छ : मन्त्री थापा

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताए ।जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयो