गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले क्रियाशीलताका आधारमा सक्षम र कुशल नेतृत्व चयन हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका–८ को वडा अधिवेशन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले बिकास र समृद्धिको यात्रालाई अगाडि बढाउन सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको औल्याएका हुन् । मन्त्री थापाले आफू प्रत्यक्ष सांसदको रुपमा विजयी हुँदा यस वडाका जनताको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहेको स्मरण