बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको फागुनसम्ममा ७ अर्बभन्दा बढी राजश्व संकलन गरिसकेको जनाएको छ । मन्त्रालय स्थापना र मन्त्री घनश्याम दाहालको नियुक्तिको एकसय सदन पुरा गरेको अवसरमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले सरकारले चालू आर्थिक वर्षको दोस्रो चौमासिक सम्ममा यातायात क्षेत्रबाट मात्र ७ अर्ब १२ करोड ७३ लाख रुपैयाँ राजश्व संकलन गर्न सफल भएको बताए ।सरकारले यस वर्ष यातायात क्षेत्रबाट कुल १० अर्व राजश्व संकलनको लक्ष्य लिएकोमा आगामी असार मसान्तसम्ममा लक्ष्यभन्दा बढी राजश्व संकलन हुने