सरकारले सञ्चारमाध्यममा हुने विज्ञापनको स्तर निर्धारण, न्यूनतम रेट, सञ्चारमाध्यमको बिल अनिवार्यलगायत व्यवस्था गर्दै विज्ञापन नियमावली संशोधन गरेको छ । डिजिटल सञ्चारमाध्यम तथा विज्ञापनका लागि सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने गरी ‘विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली–०८०’ जारी गरेको हो ।