४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

काठमाडौँ –  न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन आह्वान गरेको हो। आयोगले शुक्रबार सूचनामार्फत् विभिन्न समावेशी समूह गरेर ४३ जना न्यायाधीश्का लागि विज्ञापन खुला गरेको हो। जसमा आन्तरिक खुुलामा २१ वटा कोटा निर्धारण गरिएको छ। खुलाका लागि १२, महिलाका लागि ४ आरक्षण दिइएको छ भने आदिवासी जनजातिका लागि २ वटा कोटा निर्धारण […]

सम्बन्धित सामग्री

राणाले बोलाए न्याय सेवा आयोगको बैठक, सहभागी होलान् वरिष्ठतम् न्यायाधीश कार्की ?

जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधवार (भोलि) ३ बजेका लागि बैठक डाकिएको हो। न्याय सेवा आयोगले गएको साउन १९ गते विज्ञापन गरेर १८ जना जिल्ला न्यायाधीश माग गरेको थियो । जसमा आन्तरिक खुलातर्फ ९ जना, खुला प्रतिस्पर्धाबाट ५ जना, महिलाबाट २ जना, जनजाति र मधेशी समुदायबाट एक-एकजना गरी कुल १८ जना माग भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अध्यक्ष रहेको आयोगमा क...

लिखितमै मागभन्दा ५० प्रतिशत कम उत्तीर्ण

न्याय सेवा आयोगले आह्वान गरेको जिल्ला न्यायाधीश पदमा मागिएभन्दा ५० प्रतिशत कमले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । समावेशीतर्फ महिला, मधेसी र दलितको कोटा अपूरै रहेको छ । समावेशीका लागि माग गरिएका एकजना महिला, दुई मधेसी र एकजना दलित कोटा गरी ५ जना समावेशी न्यायाधीश पद पनि अपूरो रहेको हो । आयोगले नेपालको न्यायिक इतिहासमा पहिलोपटक खुला परीक्षाबाट न्यायाधीश नियुक्तिको आह्वान गरेको थियो । आयोगले ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि समावेशीसहित खुला प्रतिस्पर्धाबाट छान्नेगरी विज्ञापन आह्वान गरेको थियो।