वीरगंजः संघीय सरकारले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल(नाउक्षे)लाई केन्द्रीय अस्पतालको दर्जा दिँदै टर्सरी अस्पतालमा स्तरोन्नति गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेलगत्तै प्रदेश २ को सरकार पनि नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने बताएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले अस्पतालको आकस्मिक निरीक्षण गर्दै अस्पताल व्यवस्थापन पक्ष तथा सरोकारवालाहरुसँग खुल्ला बहस कार्यक्रम आयोजना