जनकपुरधाम : बर्दिवास मेडिकल कलेज निर्माण गर्न आवश्यक जग्गाका लागि माइस्थान सामुदायिक वनको विकल्प नरहेको बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले जनाएको छ।आयोजनाका निर्देशक उपसचिव देवीप्रसाद सुवेदीले बर्दिवास मेडिकल कलेजका निम्ति आवश्यक जग्गा प्राप्ति सम्बन्धी कार्यमा ढिलाई हुँदा पूर्वाधार निर्माण कार्य नै प्रभावित बनेको बताउँदै तोकिएको स्थानभन्दा अर्को ठाउँ हेर्न नसकिने बताएका हुन्।नेपाल सरकारको बजेटमा मै प्रदेश २ को बर्दिवासमा मेडिकल कलेज स्थापना हुने उल्लेख भएको, मेडिकल कलेज बन्ने