निमोनिया र दम देखिएपछि मात्रै संकलन गरिएको थियो स्वाब, मृत्यु भएपछि मात्रै गरियो तीनपटक परीक्षण

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ। भाइरसको कहरबाट सबैभन्दा बढी तराईका जिल्लाहरु प्रभावित भएका छन्। यसबीच जेठ ४ गते मृत्यु भएका प्रदेश २ को बारा निवासी एक वृद्धमा सोमबार कोरोना संक्रमण देखिएको पुष्टि भयो। नेश्नल मेडिकल कलेज वीरगंजमा उपचार गराइरहेका बारा कलैया उपमहानगरपालिकाका ७० वर्षका वृद्धमा