टोकियो ‌ओलम्पिकमा नेपालका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने

साउन ६,  काठमाडौं । जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार ओटा खेलमा पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।             यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।             एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले १०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।             सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।             जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।             पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा ९विश्वव्यापी सहभागिता० बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।             त्यस्तै जलपरी गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।             समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।             नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।             यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ ओटा खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।             यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् । रासस   

सम्बन्धित सामग्री

ओखलढुङ्गामा पहिलो पटक साहसिक साइकल दौड, चार विधामा प्रतिस्पर्धा

ओखलढुङ्गा । जिल्लामा पहिलो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । जिल्ला सदरमुकाममा आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए । चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुङ्गा जिल्ला साइक्लिङ संघका अध्यक्ष राम शाक्यले बताए । इलिट पुरुष, इलिट महिला, मास्टर ए, बी र जुनियर विधामा प्रतियोगिता गराइएको उनले जानकारी दिए ।  इलिट पुरुषतर्फ क्रिस्टोफर अशोक केलिङ्ग प्रथम, निरव श्रेष्ठ दोश्रो र प्रचित थापा मगर तेश्रो भए । उनीहरूले क्रमशः ४ मिनेट ११ सेकेन्ड, ४ मिनेट १७ सेकेन्ड र ४ मिनेट १८ सेकेन्डमा निर्धारित ३.२ किलोमिटरको दुरी पार गरे । उक्त विधामा २५ जनाले भाग लिएका थिए ।  इलिट महिलातर्फ निश्मा श्रेष्ठ प्रथम, अन्जा क्यामेनजिन दोश्रो र लक्ष्मी मगर तेश्रो भइन् । ५ जना सहभागी भएको उक्त प्रतियोगितामा श्रेष्ठ र क्यामेनजिनले ५ मिनेट ८ सेकेन्ड र मगरले ५ मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गरे ।  यस्तै, मास्टर एतर्फ उमङ्ग श्रेष्ठ प्रथम, सन्तोष राई दोश्रो र मनोज श्रेष्ठ तेश्रो भए । उनीहरूले क्रमशः ४ मिनेट ५० सेकेन्ड, ४ मिनेट ५२ सेकेन्ड र ५ मिनेट १ सेकेन्डमा दुरी पार गरे । मास्टर बीतर्फ अनुप गुरुङ प्रथम, जोनाथन स्टुड दोश्रो र विकास महर्जन तेश्रो भए । गुरुङले ४ मिनेट ४६ सेकेन्ड, स्टुडले ४ मिनेट ५१ सेकेन्ड र महर्जनले ४ मिनेट ५२ सेकेन्डमा उक्त दुरी पार गरे । यी दुवै विधामा ८–८ जनाले भाग लिएका थिए ।  जुनियर (१८ वर्षमुनि) को प्रतियोगितामा बिपुल थापा प्रथम, अनिस तामाङ दोश्रो र श्रीनेश श्रेष्ठ तेश्रो भए । थापाले ४ मिनेट २९ सेकेन्ड, तामाङले ४ मिनेट ४२ सेकेन्ड र श्रेष्ठले ४ मिनेट ५८ सेकेन्डमा उक्त दुरी पार गरे ।  चारै विधाका विजेतालाई जनही दुई लाख पुरस्कार प्रदान गरिएको शाक्यले जानकारी दिए ।

काभ्रे-२ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काभ्रेपलाञ्चोक, २६ कात्तिक (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का […]

काभ्रे २ : हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

काभ्रेपलाञ्चोक–  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार-प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान […]

दाङ–१ मा थारु नेताबीच प्रतिस्पर्धा

दाङ – प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ १२ गरी २३ जना थारु समुदायका उम्मेदवार छन् । रमाइलो त के छ भने दाङको १ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि थारु नेताबीच मात्रै प्रतिस्पर्धा छ । थारु बाहुल्य दाङको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधि सभा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेबाट सचेतक बनिसकेकी शान्ता चौधरी, एम...

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ जना कर्मचारी पक्राउ

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आइतबार दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हाताभित्रै पम्लेट लिएर धर्ना बसिरहेका कर्मचारीले विरोध ब्यानरसहित नाराबाजी गर्न थालेपछि प्रहरीले ५ जनालाई पक्राउ […]

कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्वमा प्रतिस्पर्धा

सभापतिमा बङ्सलाल तामाङ, जङ्ग तामाङ र प्रेमध्वज लामाको उम्मेदवारी परेको छ भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ४ जना र २ सहसचिवमा ४ जनाले मनोनयन दर्ता गराएका छन् ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र अधिकांश केन्द्रिय सदस्यहरु सर्वसम्मत भएका छन्। एमाले महाधिवेशन एकदिन लम्बिँदा करिब एक करोड खर्च बढेको छ। राप्रपा अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। सर्लाहीको कांग्रेस वडा अधिवेशनमा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।