ओखलढुङ्गामा पहिलो पटक साहसिक साइकल दौड, चार विधामा प्रतिस्पर्धा

ओखलढुङ्गा । जिल्लामा पहिलो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । जिल्ला सदरमुकाममा आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए । चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुङ्गा जिल्ला साइक्लिङ संघका अध्यक्ष राम शाक्यले बताए । इलिट पुरुष, इलिट महिला, मास्टर ए, बी र जुनियर विधामा प्रतियोगिता गराइएको उनले जानकारी दिए ।  इलिट पुरुषतर्फ क्रिस्टोफर अशोक केलिङ्ग प्रथम, निरव श्रेष्ठ दोश्रो र प्रचित थापा मगर तेश्रो भए । उनीहरूले क्रमशः ४ मिनेट ११ सेकेन्ड, ४ मिनेट १७ सेकेन्ड र ४ मिनेट १८ सेकेन्डमा निर्धारित ३.२ किलोमिटरको दुरी पार गरे । उक्त विधामा २५ जनाले भाग लिएका थिए ।  इलिट महिलातर्फ निश्मा श्रेष्ठ प्रथम, अन्जा क्यामेनजिन दोश्रो र लक्ष्मी मगर तेश्रो भइन् । ५ जना सहभागी भएको उक्त प्रतियोगितामा श्रेष्ठ र क्यामेनजिनले ५ मिनेट ८ सेकेन्ड र मगरले ५ मिनेट २२ सेकेन्डमा उक्त दूरी पार गरे ।  यस्तै, मास्टर एतर्फ उमङ्ग श्रेष्ठ प्रथम, सन्तोष राई दोश्रो र मनोज श्रेष्ठ तेश्रो भए । उनीहरूले क्रमशः ४ मिनेट ५० सेकेन्ड, ४ मिनेट ५२ सेकेन्ड र ५ मिनेट १ सेकेन्डमा दुरी पार गरे । मास्टर बीतर्फ अनुप गुरुङ प्रथम, जोनाथन स्टुड दोश्रो र विकास महर्जन तेश्रो भए । गुरुङले ४ मिनेट ४६ सेकेन्ड, स्टुडले ४ मिनेट ५१ सेकेन्ड र महर्जनले ४ मिनेट ५२ सेकेन्डमा उक्त दुरी पार गरे । यी दुवै विधामा ८–८ जनाले भाग लिएका थिए ।  जुनियर (१८ वर्षमुनि) को प्रतियोगितामा बिपुल थापा प्रथम, अनिस तामाङ दोश्रो र श्रीनेश श्रेष्ठ तेश्रो भए । थापाले ४ मिनेट २९ सेकेन्ड, तामाङले ४ मिनेट ४२ सेकेन्ड र श्रेष्ठले ४ मिनेट ५८ सेकेन्डमा उक्त दुरी पार गरे ।  चारै विधाका विजेतालाई जनही दुई लाख पुरस्कार प्रदान गरिएको शाक्यले जानकारी दिए ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड

ओखलढुङ्गामा पर्यटन प्रवर्द्धनका लागि दोस्रो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाको सदरमुकाम बजार क्षेत्रमा साइकल दौड प्रतियोगिताको सम्पन्न गरिएको हो ।

अन्नपूर्ण पदमार्गमा साहसिक साइकल दौड [तस्बिरहरु]

चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक-२०२३’ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत १५ औं संस्करणको याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु भएको हो ।

विश्वकै उच्च हिमाली भेगमा हुने साइकल दौड ‘याक अट्याक’ भाेलिदेखि, आज रजिस्ट्रेसन

पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित हुने विश्वास लिइएको छ

पर्यटनका लागि साहसिक साइकल दाैड

ओखलढुङ्गामा पर्यटन प्रवर्धनका लागि पहिलो पटक साहसिक साइकल दाैड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवर्धनका लागि साइकल दौड प्रतियोगिता गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।