सुनसरी – प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नम्बर १ मा ५ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा १ हजार २ सय २२ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई जनता समाजवादी पार्टी नेपालका अशोककुमार राईले पछ्याउनुभएको छ । उहाँको १ हजार १ सय २२ मत छ ।
स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोको १ हजार ९१ छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १ हजार ९० मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईको १ हजार ४ मत रहेको छ ।