राष्ट्रिय वाणिज्य बैंकमा २ लाख रुपैयाँसम्म निकाल्न चेक नचाहिने

१२ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ लाख रुपैयाँसम्म निकाल्नका लागि चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले चेक बिनै क्यूआरमार्फत २ लाख रुपैयाँसम्मको नगद भुक्तानी गरिदिने भएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान […]

सम्बन्धित सामग्री

दुई दशकअघि वाणिज्य बैंकका घोटालाका आरोपित सर्वोच्चबाट दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले करिव दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ । सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाई र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो […] The post दुई दशकअघि वाणिज्य बैंकका घोटालाका आरोपित सर्वोच्चबाट दोषी ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउन २८ देखि आईपीओ विक्री गर्दै चिरख्वा हाइड्रोपावर

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । भोजपुरका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।  कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकको नगदसहित सम्मान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । उनीहरूको योगदानलाई सम्मान गर्दै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि एक समारोहकाबीच उनीहरूलाई सम्मान गरिएको हो । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र […]

तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

'क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्

जग्गा बैनाको नाममा ४५ लाख ठगी गर्ने अभियुक्त पक्राउ

चैत ६ , काठमाडौं । प्रहरीले जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- ३ घर भई काभ्रेको धुलीखेलमा बस्‍दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।अभियुक्तलाई शुक्रवार साँझ  दरवारमार्गबाट महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको जग्गा प्रतिआना  २१ लाख रुपैयाँको दरले ४ आना जग्गा नाप जाँच गरी राजीनामा पास गरी दिने भन्दै अभियुक्तले पीडितमार्फत राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखा र ग्लोबल आइएमई बैंक शंखमुल शाखाबाट चेकमार्फत पटक - पटक ४५ लाख रुपैयाँ लिएर पनि जग्गा पास नगरेपछि प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३३ प्रतिशत लाभांश पारित

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले […]

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा : ३३ प्रतिशत लाभांश पारित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ । चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो । लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर

राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका सहायक प्रबन्धक काफ्ले घूससहित पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्। आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरेको हो। बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध…

५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

१० वैशाख, महोत्तरी । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो …