५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

१० वैशाख, महोत्तरी । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो …