नेपालमा चिया रोप्न सुरु भएको डेढ शतकपछि नेपाली चियाको पहिचान गर्न थालिएको छ । इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी नेपाली जातको विरुवा पहिचान गरेर उत्पादन सुरु गरिएको हो । चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाले यसको खोजी गरेर नेपाली चियाको विरुवाको पहिचान गर्न सुरु गरेको हो ।