देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरू गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका दिन पाहुनालाई स्वागत गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका तर्फबाट जात्रासम्बन्धी काम हेर्दै आएका वरुण खतिवडाले जानकारी दिए । पाहुनालाई स्वागतसँगै आज र भोलि पूजा सामग्री तयार पार्ने कामसमेत गरिन्छ ।
चैत कृष्ण अष्टमीदेखि १० दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा...