शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

काठमाडौँ,१ साउन । बेलौरी नगरपालिकाले शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि कार्य अगाडि बढाएको छ । नगरपालिकाले ताल संरक्षण गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाएको छ । पुरिँदै जान थालेको ताल क्षेत्रको माटो झिक्ने कार्य गत वर्ष नै पूरा गरिएको थियो । “तालको वरिपरी हिँडनका लागि फुटपाथ निर्माणको कार्य पूरा भएको छ”, […]

सम्बन्धित सामग्री

बागलुङको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्षअघि निर्माण शुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैंचा बनाउन लागिएको छ । आकर्षक शैलीमा निर्माण गरिएको बुद्ध विहारका कारण आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेका छन् । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करीब रु एक करोडको लागतमा निर्माण भएको हो ।  यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालिएको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताए । करीब १५ रोपनी क्षेत्रफलमा फैलिएको सो विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको उनको भनाइ छ । विहार क्षेत्रमा पर्यटकको सुविधाका लागि प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैंचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैंचा बनाउने र प्रतीक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउँछन् । ‘बजेट अभावले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सकिएको हो,’ उनले भने ।   नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बुद्ध विहारका लागि नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताए । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उनको भनाइ छ । बुद्ध विहार गलकोटको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै प्रवक्ता भण्डारी अन्य संरचना निर्माणमा जोड दिइएको बताउँछन् । रासस

पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

त्रिवेणी (नवलपरासी), २२ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न […]

पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै

त्रिवेणी (नवलपरासी), २२ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न […]

तिलेश्वरनाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिँदै

रौतहट (अस) । रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएको हो । चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल बन्नेछ । वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा बाल उद्यान निर्माणको काम भइरहेको छ । बालबालिकाका लागि बाल उद्यान, फूलबारी लगायत संरचना निर्माण गरिएका छन् । यसै आर्थिक वर्षभित्र सो पार्क तथा पर्यटकीय स्थलको काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाइ छ । स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यूटावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण गरिने धामीले बताए । चिडियाखाना बनाउने योजना पनि रहेको उनले जानकारी दिए । घुम्न आउनेका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुलीबत्ती र सडक बनाइने उनको भनाइ छ । प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिले राखेको छ । समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सो क्षेत्र महत्त्वपूर्ण रहेको छ । अहिले निर्माणको क्रममा रहेकै बेला यहाँ घुम्न तथा वनभोजका लागि आउनेहरू बढेको उनले बताए ।

डोटीका पाँच शाखा सडक कालोपत्रे गरिँदै

२३ असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी जिल्लाभित्रका पाँच शाखा सडकहरु कालोपत्रे गर्दैछ । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दिएको जानकारी अनुसार पाँच शाखा सडकमा ८६ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको छ । खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रुपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय […]