इलामको चुलाचुलीस्थित ऐनापोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । चुलाचुली गाउँपालिका–३ र ४ को सङ्गमस्थलमा पर्ने ऐनापोखरीको संरक्षण र प्रवर्द्धनको काम भइरहेको हो । ऐनापोखरीले पछिल्लो समय पर्यटकको मन जित्न थालेकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । “यस क्षेत्रमा पर्यटक आउन थालेपछि सहजताका लागि सडक …