महोत्तरीमा दिनदिनै वन क्षेत्रमा लाग्ने डढेलोले वननजिकका बस्ती र स्थानीय त्रासमा छन् । चर्को घाम र हावाहुरीमा लागेको डढेलो बस्तीसम्म पुग्न थालेको छ । जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजना क्षेत्रमा लाग्ने डढेलो बस्ती र गाउँमा पुगेपछि स्थानीयमा त्रास बढाएको हो ।