सप्तकोसीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित, खाद्यान्नबालीमा क्षति

काठमाण्डाै - सप्तकोसी नदीको भङ्गालो फुटेर बस्तीमा पस्दा झन्डै १५ सय घरपरिवार प्रभावित भएका छन् । हिजो बिहान सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा बेलका नगरपालिकाका १, २, ३, ८ र ९ वडाका झन्डै १५ सय घरपरिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा व्यवस्थापन गरिए...

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्

काठमाडौं । सप्तकोसी नदीको एउटा भँगालो बस्तीमा पस्दा उदयपुरको वेलका नगरपालिकाका करिब १५ सय घरपरिवार प्रभावित भएका छन् । बुधबार वेलकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै भँगालो बस्तीमा पस्दा नगरपालिकाका १, २, ३, ८ र ९ नम्बर वडाका स्थानीय प्रभावित भएका हुन् । हालसम्म मानवीय क्षति भएको छैन । धान, मकैलगायत खेतीबालीमा क्षति...