कालीकाेट - कालीकाेट जिल्लाको नौ पालिकामध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम पढाउन थालेका छन् । कालीकाेटकाे महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् ।
महावै गाउँपालिकाले ‘हाम्रो महावै’ र ‘हाम्रो गौरव’ नामको र पचाल झरना गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएको हो । दुवै गाउँपालिकाले शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम लागू हुने गरी पाठ्यपुस्तक सञ्चालनमा ल्याएका हुन् । पचाल झरन...