दैलेख : दैलेखको नारायण नगरपालिकाले आफ्नै आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको छ। यहाँका ११ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिने नारायण नगरपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि १ सय २८ घण्टे ‘पाठ्यक्रम’ निर्माण गरेको हो। मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले आफ्नै ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार नारायण नगरपालिकाले आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको