तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम यस वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम तयार पारिएको भए पनि कक्षा ५ र ८ बाहेक अन्य कक्षामा यस वर्षदेखि नै कार्यान्वयनमा आउन लागेको हो । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरु भएको हो । पाठ्यक्रममा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेसा, व्यवसाय र प्रविधि