विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ । सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रिकालीन खेल सुरु गरेको हो ।प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो । खेलको ८ औं मिनेटमा दीपेन