मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ ।धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जिते