काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएका सडक खुलाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
लामो समयदेखि बन्द रहेका सडकहरु विभिन्न उपकरणको प्रयोग गरेर खुलाउने तयारी भइरहेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।
दुई, तीन महिना अगाडिदेखि बन्द रहेका सडक खुलाउन केही समय लाग्ने भए पनि भदौ पछि बन्द भएका सडक खण्ड भने अबको एक हप्तामै सञ्चालन गरिने उहाँले बताउनुभयो । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरेमा पहिरो गएका कारण बन्द भएको काठमाण्डौ–धुलिखेल–दोलालघ...