जुम्लामा लागूऔषधकाे प्रयोग र कारोबार बढ्दै

जुम्ला– पछिल्लो समय जुम्लामा लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।  ‘प्रहरीले विद्यालय र एसईईलाई […]

सम्बन्धित सामग्री

विद्युतीय चुल्होको प्रयोग बढ्यो

२४ साउन, काठमाडौं । मुलुकभर विद्युतीय चुल्होको कारोबार बढेको छ । केही वर्ष अघिसम्म वर्षभर एक हजारको हाराहारीमा आयात हुने विद्युतीय चुल्होको संख्या पछिल्ला दिनहरुमा लाखमा पुगेको छ । तारे होटल र साना रेष्टुराँदेखि घरका भान्सामा इन्डक्सन र इन्फ्रारेड वैकल्पिक चुल्होको रुपमा प्रयोग भइरहेका छन् । खाना पकाउने ग्याँससँगै विद्युतीय चुल्होको प्रयोग बढ्दै गएकाले यसको […]

लागुपदार्थ दुर्व्यसनी बढ्दै, जुम्लामा तीन वर्षमा ५६ जनालाई कारवाही

जुम्लामा पछिल्लो समय लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष ०७९/०८० मा मात्र जिल्ला प्रहरी कार्यालयले २७ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार...

लागुऔषधको हव बन्दै जुम्ला, १८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै

पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन […]

क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल कारोबार गर्न क्युआर कोडको प्रयोग उल्लेख्य मात्रामा प्रयोग भइरहेको छ । पसल पसलमा क्युआर कोड भेटिन्छन् ।  क्युआर कोड प्रयोग गर्न पनि सजिलो छ । मोबाइलबाट स्क्यान गरेकै भरमा बिना झन्झट भुक्तानी गर्न वा कुनै पनि जानकारी पाउन सकिन्छ । यो क्युआर कोड भित्र धेरै कुराहरु...

दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ

दैलेखमा पछिल्ला दिनहरूमा लागुऔषधको कारोबारसँगै प्रयोग गर्ने युवाहरूको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले एक साताभित्र पाँच जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीनजना जिल्ला...

झापामा लागुऔषध कारोबार र प्रयोग बढ्दो, स्थानीय सरकारसँग छैन नियन्त्रणको योजना

झापा– जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक भन्छ- झापामा लागुऔष प्रयोगकर्ता र कारोबारीको संख्य बढ्दै छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् । प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र लागु औषधको ६५ मुद्दामा ९९ अभियुक्त पक्राउ परे । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ११ केजी ७०१ […]

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्पmत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्पmत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्पmत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ । ‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’ पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो । नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् । फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’

होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्

काठमाडौं । घटना १ ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन्। आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन्।  सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले […]

विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढ्दै

बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ […]