इलाम भ्रमणको एउटै इच्छा हुन्छ– चियाबारी घुम्ने । श्रीअन्तुडाँडा उक्लेर सूर्योदय र हिमाली बतासको आनन्द लिने । त्यसैले त गङ्गाराज मुकारुङले यो गीत लेखे होलान्–
इलामे सहर चियाबारी राम्रो
त्यहीँ प-यो घर हाम्रो
कसकी हौ छोरी, पातली मोरी
लैजाने दाउ हाम्रो....
इलामको पर्यटनमा पछिल्लो समय विविधता थपिएका छन् । कन्याम र श्रीअन्तुसँगै अन्यत्र पनि पर्यटकीय गन्तव्य विकास गरिँदै छ । खासगरी स्थानीय सरकार गठनपछि पर्यटकीय नयाँ गन्तव्यको खोजी र विकास भइरहेको छ ।
इलामको पर्यटनको ठूलो हिस्सा आन्तरिक घुमन्ते छन् । यद्यपि...