काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे जनतालाई बुझाउन पार्टी केन्द्रको टीमले अपिल बनाउने भएको छ ।‘एमसीसीबारे एउटै भाषा बोल्नुपर्ने हुन्छ । त्यसकारण केन्द्रले एउटा अपिल बनाउँछ । सोही अपिल अनुसार चुनावी अभियानमा जानुपर्ने हामीले सोच्यौँ । यसरी जाँदा एमसीसीबारे एउटै बोली होस भनेर त्यस्तो अपिल बनाएर जानुपर्छ,’ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा राखेको प्रस्ताव उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताए । उनले भने, ‘त्यसो भएपछि हामी सबैको एउटै भाषा हुन्छ ।’