खाडीका नेपालीले रकम संकलन गरी ओमनबाट कोभिड–१९ विरूद्ध लड्न ५ सय ६० सिडिन्डर नेपाल पठाए। यता युरोप तिर भने सहयोगको अभियान बल्ल शुरु गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) हाँक्ने अगुवाहरु युरोपकै छन्, तर, सहयोग अभियान ढिला गरिएकोप्रति भने केहीले आलोचना पनि गरेका छन्।