नेपालबाट रोजगारीको लागि खाडी र मलेसिया जाने लहर पछिल्लो समय युरोपतिर मोडिएको छ । खाडी मलेसियाबाट फर्केकाहरु हुन् या उच्च शिक्षा सकेर बसेकाहरु, युरोपको रोजगारी भनेपछि ठूलै उपलब्धी ठान्छन् । कति त देशमै गरिरहेको व्यवसाय छाडेर, भएको जागिर नै राजीनामा दिएरसमेत युरोप जान लालायित हुन्छन् । ८/१० लाख रुपैयाँ तिरेरै भए पनि एकपटक युरोप छिर्न पाए हुन्थ्यो भन्ने सपना साँच्छन् । तर काभ्रेका सुजन चौलागाईं भने यस मामलामा अपवाद बन्नुभयो ।
६ वर्ष पहिले वैदेशिक रोजगारीको लागि युरोपेली देश पोल्याण्ड जान अन्तर्वार्ताको लागि भार...