नेपाली राजनीतिका वीपी, साहित्यमा विश्वेश्वर

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०७ वर्ष पुगिसकेको छ । आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीको लागि खर्चेर २०३९ साउन ५ गते यो धराबाट बिदा लिएका वीपीबारे अनगिन्ती लेखिए ।उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्, भैरहेका छन् । वीपी कोइरालाको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्हरूले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताहरूले शोध गरिसकेका छन् ।&n