गीतिनाटक ‘सपना अनेक अनेक’, थप एक हप्ता मञ्चन हुने

काठमाडौं । साउन ५ गतेदेखि मञ्चन भएको गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ । वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए । विधाको हिसाबले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको मल्लले बताए । यो नाटकसँगै सर्वनाम थिएटरले कोभिडपछि आफ्नो हल सञ्चालनमा […]

सम्बन्धित सामग्री

आधुनिक चोरहरू

जसले जति ठूलो स्वरमा खोके पनि साँचो त फेरि चोरहरूकै हातमा पुग्दो रहेछ वा पुर्‍याइँदो रहेछ त ! हिजो जो चोर, उसैको ठूलो स्वर भन्थे । जसको ठूलो स्वर, उसैको कुरा मात्र सुनिन्छ भन्ने मान्यता अहिले फेरि स्थापित भएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । समय बदलिएसँगै चोरहरूको लवाइ, खवाइ, हुलिया पनि सबै बदलिएको छ । पहिले पहिले चोरहरूले लामा लामा दाह्री पालेका हुन्थे । हेर्दैमा फोहोरी, कम बोल्ने खालका र उल्लुझैं राति राति मात्रै विचरण गर्ने गर्थे । चोरहरूको संगठनमा दाह्रीविहीन चोरको प्रवेश निषेध हुन्थ्यो । चोरहरूको दाह्रीले उनीहरूको चोरत्वलाई एउटा नयाँ उचाइ स्थापित गरिरहेको हुन्थ्यो । चोरहरू शुद्ध रूपमा चोर नै हुन्थे । चोर न डाँका हुन्थे न फिरौतीवाला गुण्डा । प्रत्येक चोरको एक विशिष्ट प्रकारको दाह्री हुन्थ्यो । उनीहरू आफ्नो दाह्रीलाई चौर्य रसले भरिपूर्ण बनाउन कुनै कसर छाड्दैनथे । मानिसहरू चोरको पहिचान गर्न थोत्रा कपडा बोरामा कोचेर हिँड्थे । दाह्रीवाला चोरका दाह्रीमा यी थोत्रा बोराका झुसहरूले ससम्मान वास पाइरहेका हुन्थे । चोरलाई अँध्यारो प्यारो हुन्थ्यो, उज्यालोसँग तर्सन्थे । औंसी उनीहरूको प्यारो हुन्थ्यो, पूर्णिमासँग उनीहरू रिसाउँथे । नीतिले पनि भनेको छ, ‘चौराणां चन्द्रमा रिपु:’ । तर हिजोआजका चोरहरू उज्यालोमा बस्छन् र अँध्यारोको त्रास देखाउँछन् । अनि दिउँसै रात पारिदिन्छन् । चोरहरू पहिला केही बोल्दैनथे, अहिले त धेरै नै गफाडी भएर पो निस्केका छन् त । थाहै हुँदैन चोर हो कि पाकेटमार भनेर । तपाईं बस त चढ्नुहुन्छ नि ? बसमा ‘ए ! पाकेटमार छ है’ भन्दै आफै हल्ला गर्छन् । बिचरा यात्रुहरू खल्ती छामछुम गर्न थाल्छन् । एकैछिनमा पकेटमारा ओर्लियो भन्दै आफै ओर्लिन्छन् । बिचरा यात्रुले एक छिनपछि थाहा पाउँछ आफ्नै पाकेट मारेको कुरा । यस्तो ट्रिक यिनले नेताबाट सिकेका हुन् कि नेतालाई सिकाएका होलान् ? हिजोआज त चोर हो, डाँका हो वा कुनै नेता हो भनेर छुट्ट्याउनै मुश्किल हुँदै गएको छ । हुलियाबाट अन्दाज गर्नुभयो भने तपाईं सोझै फस्नुहुनेछ । जसलाई महान् नेता ठान्यो, महान् राष्ट्रवादी ठान्यो वा महान् व्यवसायी, समाजसेवी ठान्यो, पत्रकार ठान्यो उही नै अन्त्यमा चोर पो भएर निस्कन्छ । गज्जपको गोलमाल छ हजुर ! यहाँ । विकासको रेल जति छिटो कुदेको छ, चोरहरूले पनि त्यति नै तीव्र गतिमा विकास गरेका छन् । चोरहरूले सबैभन्दा पहिले त आआफ्ना दाह्री सफाचट पारेका छन् । ‘क्लिन सेभ्ड’, ‘ह्वाइट कलर्ड’ भएका छन् । परम गुगलबाज, अनलाइनी भएका छन् । क्रेडिट कार्डधारक, स्मार्ट अनलाइन चोर भएका छन् । चोरहरूले दाह्री हटाएपछि गाडी राख्न शुरू गरेका छन् । स्मार्टफोन, आईप्याड सधैं साथमा । यसप्रकार चोरहरूको पनि स्मार्ट विकास हुँदै गएको छ । पहिले चोरका दाह्रीमा बोराका झुस हुन्थ्यो । अहिलेको चोरका गाडीमा पुलिस हुन्छन् । पहिला पछि पछि हुन्थे अहिले चारैतिर हुन्छन् । अब त लोकोक्ति नै बनिसकेको छ कि ‘चोरको गाडीमा प्रहरी’ । यो उक्ति वास्तवमा दुई धारवाला तरवारजस्तो छ । यसलाई चोरको गाडीमा प्रहरी भन्नोस् वा प्रहरीको गाडीमा चोर, एउटै कुरा हो हात्ती बलियो कि हात्ती छाप बलियो भनेजस्तै । चोरहरूका संगठनमा चोर र प्रहरीको समान रूपमा आदर हुने गर्छ । प्राय:जसो यो पत्ता लगाउन निकै गाह्रो हुन्छ कि को चोर हो र को प्रहरी ? अब त प्रहरी–चोर दाइ–भाइ भन्ने उक्ति लोकप्रिय बन्दै र समाजमा स्थापित हुँदै गएको छ । उनीहरू दाइभाइ भएकाले पुराना चोर बार्ई बाई भएका छन्, नयाँ चोरको हाई हाई भइरहेको छ । पहिले चोरहरूले शुद्ध रूपमा चोरी मात्र गर्थे, तर आधुनिक चोरहरू निकै आधुनिक बन्दै गएका छन् । उनीहरू प्रहरी प्रशासन, व्यवसाय, पत्रकारिता, कानूनी पेशा, संसद् जताततै छाएका छन् । त्यसैले त नवीन चोर कथं चोरी गर्दागर्दै कतै चुक्यो भने पनि उसलाई बचाउनेहरू समाजमा थुप्रै छन् । यदि चोरले यदाकदा चोरी कार्यलाई आन्तरिक रूपमा स्थगित गरे भने पनि प्रहरीले चोरीका साथसाथै हेराफेरी गर्ने अतिरिक्त प्रभाग पनि सम्हाल्नुपर्छ । यो गोलमाललाई चोरले एकदमै इमानदारीका साथ आफ्नो भाइभतिजा प्रहरीलाई अर्पित गर्छ । प्रहरीसाप यस्तोबाट प्राप्त हुने धनराशीलाई ‘हप्ते संस्कार’ भनेर श्रद्धापूर्वक ग्रहण गर्छन् । जहाँ हप्ता उठ्दैन, त्यहाँ नियमको डण्डा चलिहाल्छ, हप्ता उठाएर भागशान्ति गरेपछि मानिसको आँखा र कान न हो, नदेख्न सकिहाल्छ, नसुन्न सकिहाल्छ । त्यसै हेर्दै हेरेन, सुन्दै सुनेन भनेर आरोप लगाउन चाहिँ पाइँदैन नि है । यो त कानूनीराज पो हो । न्यायको आँखामा पट्टी बाँध्दैमा सबै थोक देख्दैन भन्ने हुन्छ र ? चाहिएको कुरा त देखिहाल्छ नि ?   हप्तार्पण संस्कारका पनि अनेक विधि र प्रक्रिया हुन्छन् । तिनका पनि ठाउँ र पेशाअनुसार पद र लाभ अनुसार फरक फरक विधान हुन्छन् । विधान मिलेन भने फल मिल्दैन । त्यसैले हप्तार्पणका बेला चोरहरूको इमानदारी हेर्न लायक हुन्छ । हप्तार्पण संस्कारवाला चोर कहिल्यै पक्राउ पर्दैन, किनकि चोर र पुलिस सँगसँगै हुन्छन् । उनीहरूका गिलासले मित लगाइरहेको हुन्छ । साथै बोरा र बोराका झुस नहुने कारण चोर चिनिँदैन पनि । अहिले त अफिसर–नेता–मन्त्रीका रूपमा चोर देउता जनतालाई आफ्नो चौर्य कर्ममा बाँधेर राखिरहन सफल हुन्छन् । उनीहरू आफ्नो चौर्य कलालाई नित्य नयाँ रूपमा नयाँ उचाइ प्रदान गरिरहेका हुन्छन् । चौर्य कलाको प्रशिक्षण कलेजबाटै शुरू हुन्छ । हप्ताग्रहण र अर्पण विधि, ठेक्कापट्टामा मेलमिलाप विधि, बेला बेलामा यसो कुखुरी नृत्य प्रदर्शनको रिहर्सल भइरहेको हुन्छ त्यहाँ । त्यहाँबाट प्रशिक्षित भएपछि बल्ल प्रादेशिक तहमा र राष्ट्रिय तहमा यस्ता कार्यक्रममा सहभागी हुन पाइन्छ । आधुनिक चोरदेव यदाकदा कुनै पनि पागल व्यक्तिबाट समातियो भने पनि उसलाई जोगाउन के के नामका आयोग, महाशाखा आदि सारा राज्य संयन्त्र नै खडा र तम्तयार हुन्छन् । यति भएपछि छ कुनै ‘माइका लाल’ आधुनिक चोरहरूलाई समात्ने ?

विपत्तिमा सहारा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसीमा रहेको पुल २०५१ साल साउनमा आएको बाढीले बगायो । राजधानीसँग जोड्ने मुख्य राजमार्ग नै ठप्प हुँदा आवतजावतसँगै अत्यावश्यक वस्तुको ढुवानीमा ठूलो समस्या भयो । निरन्तरको वर्षा र पहिरोले वैकल्पिक सडक तयार गरी सडक सुचारु गर्ने अवस्था भएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवरुद्ध राजमार्ग खुलाउन अनेक प्रयास ग-यो । कमजोर भूबनोटको कारण पहिरो झन् थपिन थाल्यो । नेपाली सेनाले भारतबाट बेलिब्रिज मगाएर हप्ता दिनपछि राजमार्ग सञ्चालनमा ल्यायो ।

शेयरबजार र गलत सूचना

मानिसको दैनिक जीवन सूचनाबाट शुरू भएर सूचनामै टुंगिन्छ । हरेक क्षेत्रमा सूचनाको महत्त्व हुन्छ । शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ । सूचीकृत कम्पनीले समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचनाबाहेक अनौपचारिक रूपमा पनि थुप्रै सूचना सार्वजनिक भइरहेको हुन्छ । औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको तथ्य स्थापित हुन पनि सक्छ, नहुन पनि सक्छ । यस्ता सूचना पत्रिका, टेलिभिजन, युट्युब च्यानलमार्फत आइरहेको हुन्छ । खासगरी पत्रिका (अनलाइन)ले यस्ता सूचना बढी प्रवाहित गर्छन् । सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र ‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ । यस्ता उपमायुक्त सूत्रले वास्तविक सूचना दिएको हुन्छ वा हुँदैन । तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ । शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि मान्नुपर्ने हुन्छ । तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारबाही गर्नुपर्छ । अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र होइन, पौराणिक कालमा पनि देख्न सकिन्छ । शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । महाभारतको एउटा प्रसंग महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए । महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए । कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे । उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन । अर्जुनका सारथि बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाई मारेर युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलाइयो । द्रोणले यस घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे । उनले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् ‘अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँ’ भन्ने कूटनीतिक जवाफ दिए । यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले ‘नरो वा कुञ्जरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् । ‘अश्वत्थामा हतो हतः’ भन्ने वाक्यले उनको होश हराइसकेको थियो । यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टद्युम्नले उनको वध गरेका थिए । पहिलो अफवाह शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिँदैन । यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ । २१ फेब्रुअरी सन् १८१४ सोमवारको दिन बिहान लन्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झूटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमवार बेचिएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो । कम्पनी र पत्रकार कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन् । सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिङ इलेक्ट्रोडस कम्पनी सञ्चालन घाटामा थियो । कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो । चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो । यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो । तीव्रता आउनुको कारण थियो एउटा इमेल । घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो । उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनीसँगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाका लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने बेहोरा उल्लेख थियो । कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे । सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो । शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविक रूपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरू गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो । इमेल पठाउने व्यक्ति विक्ली इन्डस्ट्री (हाल डेली इन्डस्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो । करिमले इमेल पठाउनुअघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए । उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्ममा बेचिएको थियो । करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो । साउदी कम्पनीको आगमन हुने सूचना ११ फेब्रुअरी २००७ मा सार्वजनिक भएको थियो । यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिशनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिस्ट्रेटसमक्ष मुद्दा दायर गर्‍यो । सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राइबुनले यस मुद्दाको सुनुवाइ गर्दै इस्लाम र करिम दुवैलाई ३ वर्षको जेलसजाय र २० लाख टाका जरीवानाको फैसला सुनाएको थियो । नेपाल सन्दर्भ विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन । यस्ता कार्यमा सबैभन्दा बढी अनलाइन न्यूज पोर्टल, फेसबुकका समूह, युट्युब च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुँदैन । यस्ता अनलाइनलगायत सूचनाका माध्यम अफवाहका लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ । आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति वाचन नसकिँदै एउटा अनलाइनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना ‘नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो । त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ । नेपाल पुनर्बीमा कम्पनीले गराएको रेटिङलाई हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिङ गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो । रेटिङ प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन । समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा केही हदसम्म सूचना पाउनेको पनि हुन्छ । सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न । द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनु हुँदैन । द्रोणले आफ्नो पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश मनस्थितिमा पुगे । शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ । बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा भन्न पनि सकिँदैन, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ । ‘बारबारे तिल जोगिन्छ’ भन्ने पुरानो भनाइलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन जोगाउन सकिन्छ । नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी आवश्यक कारबाही गर्न पछि पर्न हुँदैन । लेखक धितोपत्रसम्बन्धी अध्येता हुन् ।

फोहोरमा गैरजिम्मेवारी

काठमाडौं उपत्यकाका विगत २ हप्तादेखि नउठेको फोहोर कहिलेदेखि उठ्न थाल्ने हो अत्तोपत्तो छैन । फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको हो तर उसले अझै १ हप्ता फोहोर नउठ्ने सूचना जारी गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठानेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने तथा कोराना महामारीका कारण जनस्वास्थ्य झनै संवेदनशील बनेको अवस्थामा महानगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन । ल्यान्डफिल साइट नभएको भनेर महानगरको जनप्रतिनिधिहरू दायित्वबाट भाग्न कुनै पनि हालतमा पाउँदैनन् । जैविक र अन्य फोहोर गरेर स्रोतमै संकलन गर्न थाल्ने हो भने फोहोरको आधाभन्दा बढी समस्या समाधान हुन्छ । तर, यति महानगरले यति कामसमेत गर्न सकेको छैन । यसै पनि काठमाडौं प्रदूषित र फोहोर शहर भनेर कुख्यात नै छ । तैपनि मेट्रो र मोनोरेलको कथा सुनाएर जनतालाई फोहोर दुर्गन्धमा बस्न बाध्य पार्ने काम नगरपालिकाले गर्दै आएको छ । अब केही दिन फोहोर नउठे स्थिति भयावह हुने देखिन्छ किनभने रोग फैलने मौसम नै यही हो । यो समस्या यस वर्षको मात्र होइन, प्रत्येक वर्ष हुने गरेको छ । सिसडोलको ल्यान्डफिल साइटमा वर्षाका कारण फोहोर गाडी गुड्नै नसक्ने समस्या हरेक वर्षजसो भइरहेको छ । तर, त्यसको समाधान खोज्न मेयर र अन्य जनप्रतिनिधिले आवश्यक नै ठानेका छैनन् । ल्यान्डफिल साइटको जिम्मेवारी केन्द्र सरकारको हो भनेर महानगर उम्किन पाउँदैन । फोहोर व्यवस्थापनको काम पालिकाहरूको नै हो । उनीहरूको यही मुख्य काम हो । अन्य देशमा खानेपानी, टेलिफोनलगायतको व्यवस्थापनको जिम्मेवारी नगरपालिकालाई हुन्छ । तर, नेपालमा त्यस्तो पाइँदैन । फोहोर व्यवस्थापनमा समेत चुक्नु भनेको निकम्मापन नै हो । काठमाडौं महानगरसँग बजेट अभाव छैन तर अत्यावश्यक कार्यमा बजेट खर्च गर्ने गरिएको छैन । रिसोर्टमा गएर मिटिङ गर्ने तर जनस्वास्थ्यसँग सरोकारका विषयमा केन्द्रलाई दोष दिएर बस्ने काम कुनै पनि हालतमा उपयुक्त मान्न सकिँदैन । महानगरपालिकाले कर तिरेनन् भनेर बाजा बजाउँदै हिँडेको छ । कर तिर्न १ दिन ढिला भए जरीवाना लिने गरेको छ । फोहोर व्यवस्थापन पनि गर्न नसके यसलाई कर तिर्नुको प्रयोजन के ? जसरी समयमा कर नतिरे नागरिकलाई जरीवाना लिने गरिएको छ त्यसैगरी समयमा फोहोर नठाए नगरपालिकाका प्रमुखमाथि कारबाही किन नगर्ने ? नयाँ मेयर भएको भए विचारणीय पनि हुन सक्थ्यो । तर, ४ वर्षदेखि जनप्रतिनिधिले के हेरेर बसे ? यो प्रश्न हरेक नगरवासीले जनप्रतिनिधिसँग गर्नुपर्छ । सिद्धान्ततः नगरवासीलाई उनीहरूमाथि कारबाही गर्ने अधिकार हुन्छ । यस्तो बेथितिमा सहने भए संघीयता के काम ? ल्यान्डफिल साइटको समस्या आजको होइन । सिसडोलको विकल्पमा बञ्चरे डाँडा तयार हुँदै पनि छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्यालाई कचल्ट्याउँदै ल्याइएको हो । केन्द्रको केही दोष होला तर नितान्त नगरपालिकाकै दोष हो । ल्यान्डफिल साइट बनाउन स्थानीय जनताले दिँदैनन् । त्यो त्यहाँका नागरिकको अधिकार हो । त्यस्तो ठाउँ नगरपालिकाले किन्ने हो । खानेपानी पनि किन्ने हो । तर, संघीय सरकारले गरेर सित्तैमा पाएको हो । मेलम्चीकै पानी पनि यसरी सित्तैमा ल्याउन नपाइनुपर्ने हो । त्यसैले महानगरले स्थानीयसँग जग्गा किनेर फोहोर व्यवस्थापन गर्नुपर्छ । स्थानीयका माग पूरा नगरेर पनि कैयौं पटक फोहोर नउठ्दा समस्या भएको तथ्य यहाँनेर स्मरणीय छ । फोहोरलाई स्रोतका रूपमा उपयोग गर्न सकिन्छ । अर्बौं रुपैयाँको आम्दानी गर्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएकै छन् । तर, त्यसतर्फ केन्द्रीय सरकार र स्थानीय सरकार दुवैले चासो दिएको पाइँदैन । केही विदेशी संस्थाले फोहोरलाई मोहर बनाउन ल्याएको प्रस्तावलाई बेवास्ता गरिएको छ । वास्तवमा फोहोर संकलन प्रणाली नै गलत भएका कारण बढी फोहोर संकलन भएको र ल्यान्डफिल साइटको समस्या भएको हो । फोहोरबाट बिजुली निकाल्ने, मल बनाउने, इन्सिनेटरमा जलाउनेलगायत अनेक विकल्प छन् । जैविक र अन्य फोहोर गरेर स्रोतमै संकलन गर्न थाल्ने हो भने फोहोरको आधाभन्दा बढी समस्या समाधान हुन्छ । तर, यति महानगरले यति कामसमेत गर्न सकेको छैन । जिम्मेवारी बोध नभएर नै यसो भएको देखिन्छ ।

तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

संसारको पहिलो घटना : चिनियाँ व्यक्तिमा भेटियो बर्ड फ्लू

चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो ।यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर यो स्ट्रेन मानिसबीच सजिलै फैलने नसक्ने बताइएको छ ।जियाङ्सु प्रान्तमा बस्ने यी व्यक्तिमा अघिल्लो हप्ता संक्रमणको पहिचान भएको थियो । हाल उनी उपचारपछि निको हुने   क्रममा छन् र उनलाई चाँडै नै अस्पतालबाट डिस्चार्ज गरिनेछ ।बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मान

साप्ताहिक राशिफल  : २०७८  वैशाख ५ देखि ११ सम्म

मेष यो हप्ता व्यापारमा उल्लेख्य प्रगति रहनेछ।  सप्ताहको बिचमा केहि शारिरिक कस्टको अनुभव रहदा सामान्य संकट आउन सक्ला। उत्तरार्धमा बित्तधि सुखको भोग गरिनेछ । शत्रुपक्षलाई आफ्नो तर्क-वितर्कले हराउन सकिनेछ । प्रेमकोक्षेत्र बलवान नै देखिन्छ ।अनेक साधनको प्रयोगले समय अर्थ पूर्ण रहला । प्रयासगर्दा थोरै मिहिनेत को खाचो पर्न सक्छ।  वृष हप्ताको अन्त्यमा काम बिग्रिनाले तनाब बढ्न सक्छ, सचेत रहनु होला।धन प्राप्तिको योगले सप्ताह सुखमय बित्न सक्ला। १२ गते रोग र मानहानीले चिन्तींत बनाउन सक्ला। तपाई...

किन भयो नेपाल आइडलको सर्वत्र बिरोध?

हरेक संचार माध्यमबाट प्रसारण हुने कार्यक्रमको आफ्नो आफ्नै नियम र ढाँचा हुन्छ । तर पनि सम्बन्धित राज्यको कानूनसँग मेल खाने खालको हुनुपर्छ। अहिले लोकप्रिय बनेको रियालीटी शो नेपाल आइडलको बारेमा सामाजिक संजालमा अनेक टिका टिप्पणी र प्रतिक्रियाहरु आइरहेका छन्। जब नेपाल आइडलले गत हप्ता ४ जना प्रतियोगी मध्ये एकजना लाइ एलिमिनेट गर्ने भनेर प्रचार गर्यो अनि…