बजेट प्रस्तुत भएको महिना दिनसम्म प्रदेशसभा बैठक समेत नबोलाएको सुदूरपश्चिम सरकार मंगलबारदेखि बजेट शून्यतामा जाने जोखिम देखिएको छ । सोमबारसम्म कुनै निकास नभए साउन १ देखि सुदूरपश्चिम सरकार बजेट शून्यताको अवस्थामा पुग्ने भएको हो । यो अवस्थामा सरकारले राजस्व संकलन र कुनै पनि खर्च गर्न पाउने छैन ।