रुसले गर्‍यो पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

मस्को । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । “हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,” रुसी रक्षा मन्त्रालयले...

सम्बन्धित सामग्री

हाइपरसोनिक हतियार होडबाजीको खतरामा विश्व

मस्को । गत २८ मेमा रुसको नर्दन फ्लिटले फिनल्यान्ड र नर्वेबाट त्यति टाढा नपर्ने आर्कटिक जल क्षेत्रको बारेन्टस सागरमा एउटा फ्रिगेटबाट क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यो साधारण प्रक्षेपण थिएन । रुसी सरकारी समाचार निकाय तासका अनुसार सो परीक्षण प्रक्षेपण गरिएको ‘त्सिकोर्न’ हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा नौ गुणा छिटो उड्न सक्ने...

भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा

काठमाडौँ- रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले भारतमा आगामी ५ देखि ६ वर्षभित्रमा होइपरसोनिक क्षेप्यास्त्र उपलब्ध हुने दाबी गरेको छ । रुस र भारत मिलेर स्थापना गरेको ब्रह्मोस कम्पनीले आफूहरु हाइपरसोनिक क्षेप्यस्त्र निर्माण गर्न सक्षम रहेको बताउँदै ५ वा ६ वर्षभित्रमा भारतले यो हतियार पाइसक्ने जानकारी दिएको हो । ‘ब्रह्मोस एरोस्पेस हाइपरसोनिक हतियार बनाउन सक्षम छ । […]

युक्रेन संकटबीच अमेरिकाद्वारा हाइपरसोनिक हतियार परीक्षण

अमेरिकी वायुसेनाले सोमबार आफूहरुले एक हाइपरसोनिक हतियार परीक्षण गरेको जानकारी दिएको छ । उक्त हाइपरसोनिक हतियार आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिले उडान भर्नसक्छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको हो ।वायुसेनाले एक बयान जारी गरेर बी–५२ बम्बरमार्फत् एयर–लन्च्ड र्यापिड रेस्पोन्स वेपन छोडिएको हो ।यद्यपि, यो परीक्षणको विषयमा अन्य थप जानकारी भने अहिलेसम्म दिइएको छैन ।

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

एजेन्सी । रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

तातोलाई पछ्याउँदै आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्र चीनले पार्‍यो तयार

चीनले इन्फ्रारेड होमिङ प्रविधि भएको हाइपरसोनिक हतियार बनाएको दाबी गरेको छ ।  यस्तो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो कुनै क्षेप्यास्त्र वा लडाकू विमानबाट निस्कने तातोलाई पछ्याउन सक्छ । विशेषज्ञहरूका अनुसार, अमेरिकाले सन् २०२५ सम्म पनि यस्तो हतियार बनाउन गाह्रो छ ।  केही महिनाअघि चीनले अन्तरिक्षबाट आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसका विषयमा अमेरिकी सेनाका शीर्ष अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए ।  चीनको रिभ्यु जर्नल एयर यान्ड स्पेसमा शीर्ष वैज्ञानिक प्राध्यापक यी ...

चिनियाँ हतियारले ‘इन्डो-प्यासिफिक’ मा तनाव : अमेरिकी रक्षामन्त्री

१६ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले अत्याधुनिक चिनियाँ हतियारका कारण ‘इन्डो-प्यासिफिक’ क्षेत्रमा तनाव बढेको बताएका छन् । बिहीबार रक्षामन्त्री अस्टिनले जुलाईमा चीनले गरेको हाइपरसोनिक हतियार परीक्षण र अत्याधुनिक हतियार विकासका कारण इन्डो-प्यासिफिक क्षेत्रमा तनाव थप चर्किएको बताएका हुन् । ‘जुलाई २७ मा चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा हामीलाई थाहा छ’, दक्षिण कोरियाको […]

चीनको हाइपरसोनिक हतियार अमेरिकाविरुद्ध प्रयोग गरिनसक्ने चेतावनी

अमेरिकाको शीर्ष सैन्य संस्था जोइन्ट चीफ्स अफ स्टाफका उपाध्यक्ष जनरल जोन हाइटनले चीनको हाइपरसोनिक स्पेस हतियार अमेरिकाविरुद्ध आकस्मिक आक्रमणका लागि प्रयोग गरिन सकिने चेतावनी दिएका छन् ।  बेइजिङसँग अत्याधुनिक हाइपरसोनिक प्रविधि रहेको पनि उनले स्वीकार गरे ।  गत जुलाई महिनामा चीनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा क्षेप्यास्त्र पृथ्वीमा परिक्रमा गराएको थियो ।  हाइटनले भने, ‘उनीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरे । त्यो संसारभरि घुम्यो र त्यसले हाइपरसोनिक ग्लाइड भेहिकल झार्‍यो जुन चीनसम्म पु...

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

काठमाडौँ– चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ । क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई […]

चीनले एउटा नभई दुईवटा हाइपरसोनिक हतियार परीक्षण गरेको खुलासा

चीनले जुलाई र अगस्ट महिनामा नयाँ हाइपरसोनिक हतियारको दुईवटा परीक्षण गरेको फाइनान्सियल टाइम्स पत्रिकाले खबर दिएको छ ।  आफ्नो भूराजनीतिक प्रतिस्पर्धीको सैन्य क्षमता बढिरहेको भनी अमेरिका चिन्तित भएको छ ।  फाइनान्सियल टाइम्सले बिहीवार छापेको खबरअनुसार, बेइजिङले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाइड भेहिकललाई पृथ्वीको परिक्रमा गराएर लक्ष्यतर्फ पठाएको थियो ।  त्यसपछि अगस्ट १३ मा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो ।  यस क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर...

चीनको शक्ति प्रदर्शन, नयाँ हाइपरसोनिक हतियारको निर्माण

एजेन्सी, १२ असोज: चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्ने जनाइएको छ । उक्त मिसाइलको जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ । निर्माण गरिएको क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्ने क्षमता राखेको छ । बेइजिङको […]