चीनको हाइपरसोनिक हतियार अमेरिकाविरुद्ध प्रयोग गरिनसक्ने चेतावनी

अमेरिकाको शीर्ष सैन्य संस्था जोइन्ट चीफ्स अफ स्टाफका उपाध्यक्ष जनरल जोन हाइटनले चीनको हाइपरसोनिक स्पेस हतियार अमेरिकाविरुद्ध आकस्मिक आक्रमणका लागि प्रयोग गरिन सकिने चेतावनी दिएका छन् ।  बेइजिङसँग अत्याधुनिक हाइपरसोनिक प्रविधि रहेको पनि उनले स्वीकार गरे ।  गत जुलाई महिनामा चीनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा क्षेप्यास्त्र पृथ्वीमा परिक्रमा गराएको थियो ।  हाइटनले भने, ‘उनीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरे । त्यो संसारभरि घुम्यो र त्यसले हाइपरसोनिक ग्लाइड भेहिकल झार्‍यो जुन चीनसम्म पु...