युक्रेन संकटबीच अमेरिकाद्वारा हाइपरसोनिक हतियार परीक्षण

 अमेरिकी वायुसेनाले सोमबार आफूहरुले एक हाइपरसोनिक हतियार परीक्षण गरेको जानकारी दिएको छ । उक्त हाइपरसोनिक हतियार आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिले उडान भर्नसक्छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी परीक्षण शनिबार दक्षिणी क्यालिफोर्नियाको तटमा गरिएको हो ।वायुसेनाले एक बयान जारी गरेर बी–५२ बम्बरमार्फत् एयर–लन्च्ड र्यापिड रेस्पोन्स वेपन छोडिएको हो ।यद्यपि, यो परीक्षणको विषयमा अन्य थप जानकारी भने अहिलेसम्म दिइएको छैन ।