अटेरी अभियानले ‘नो भोट’को अवधारणा स्थापित गर्छ

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ। देशमा चुनावी सरगर्मी सुरू भइसकेको छ। स्थानीय चुनावबारे विभिन्न कोणबाट बहस हुन थालेको छ। चुनावी सरगर्मी तातिन सुरू भएपछि ‘अटेरी अभियान’मार्फत गनेश पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले उम्मेदवारी घोषणा मात्र गरेका छैनन्‚ यसै अभियानमार्फत देशभरका युवाहरू पंक्तिलाई एकीकृत गरिरहेका छन्।परिचयको हिसाबले उनी ’पैताला’ उपन्यासका लेखक हुन्। ‘मुसा मानुष’का

सम्बन्धित सामग्री

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति

२ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् । होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले […]

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।  होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने […]

संघीयताको छायाँमा स्थानीय स्वास्थ्य सेवा

नेपालको अन्तरिम संविधान २०६३ को धारा १६ उपधारा २ ले स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकारको रुपमा उल्लेख  गरेको र सोही बमोजिम नेपालमा नि:शुल्क स्वास्थ्य सेवाको अवधारणा विकसित भै कार्यान्वायनमा रहेकोछ। अन्तरिम संविधानको मर्मलाई आत्मसाथ गर्दै वर्तमान संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारकोरुपमा स्थापित गरेकोछ।

ग्रेटर वीरगञ्ज : अवधारणा अब्बल, कार्यान्वयनमा बेवास्ता

वीरगञ्ज । वीरगञ्ज क्षेत्रको भौगोलिक र आर्थिक सम्भावना उपयोगका लागि अघि सारिएको ग्रेटर वीरगञ्जको अवधारणा चर्चामै सीमित भएको सरोकारका पक्षले बताएका छन् । वीरगञ्जमा भौतिक, आर्थिक र सामाजिक विकासलाई अघि बढाउन निजीक्षेत्रले डेढ दशकयता अघि सार्दै आएको यो अवधारणा सरकारले सुन्ने तर कार्यान्वयनमा चासो नदिने प्रवृत्ति देखिएको गुनासो उनीहरूको छ । विगतमा देशका पाँच जना पूर्वप्रधानमन्त्रीले वीरगञ्जमा एउटै मञ्चमा उभिएर ग्रेटर वीरगञ्जको अवधारणा कार्यान्वयन गर्न वीरगञ्ज–पथलैया कोरिडोरलाई मापदण्डसहितको औद्योगिक कोरिडोर घोषणाको प्रतिबद्धता पनि व्यक्त गरे । २०७० सालमा भएको ‘नेपाल लिडरसीप समिट’मा १२ बुँदे प्रतिबद्धतामा हस्ताक्षर गर्ने नेताहरू त्यसयता पटकपटक प्रधानमन्त्री बने पनि प्रतिबद्धता कार्यान्वयनमा चासो नदेखाएको उद्यमी अशोककुमार वैद बताउँछन् । अहिले नेपाल–भारत सहयोग मञ्चको नेतृत्व गरिरहेका वैद त्यतिबेला वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनकै अगुवाइमा १० वर्षे आर्थिक क्रान्तिको मार्गचित्र तय गर्दै उक्त समिट भएको थियो । उक्त प्रतिबद्धतामा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । त्यसयता वीरगञ्ज उद्योग वाणिज्य संघले ग्रेटर वीरगञ्जलाई आफ्नो आधिकारिक अवधारणा बनाएको छ । प्रत्येक सभा, सम्मेलनदेखि शीर्ष नेतृत्वलाई संघका अगुवाहरूले यो अवधारणा कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन् । शीर्ष नेताहरूले भने उक्त प्रतिबद्धतालाई आआफ्नो दलमा अनुमोदन गराएको जानकारीसमेत निजीक्षेत्रले पाएको छैन । भौगोलिक रूपमा देशको केन्द्रमा रहेको वीरगञ्ज शहरको व्यवस्थित र आर्थिक विकासमा प्रस्थान विन्दु बन्न सक्ने संघका अध्यक्ष सुबोधकुमार गुप्ताको दाबी छ । ‘आयातनिर्यातको मुख्य प्रवेशद्वारका रूपमा रहेको वीरगञ्जबाट नेपालको कुनै पनि स्थानको दूरी करीबकरीब बराबर छ । आयातनिर्यातको करीब आधा कारोबार वीरगञ्ज नाकाबाटै हुन्छ,’ गुप्ताले भने, ‘वीरगञ्जलाई दीर्घकालीन योजनाअन्तर्गत समृद्ध, सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न ग्रेटर वीरगञ्जको परिकल्पना गरिएको हो ।’ अहिले यो अवधारणमा पर्सा जिल्लाको वीरगञ्ज महानगर र आसपासका गाउँपालिका तथा बाराको कलैया र जितपुरसिमरा उपमहानगरलगायत क्षेत्रलाई समेटेर व्यवस्थित विकास गर्ने अवधारणा ग्रेटर वीरगञ्जले समेटेको छ । ग्रेटर वीरगञ्जलाई संघको विकास अवधारणाका रूपमा स्थापित गर्ने तत्कालीन अध्यक्ष अशोककुमार टेमानी अहिले यो क्षेत्रमा बस्ती र उद्योग विस्तार सँगसँगै भएकाले समस्या भएको देख्छन् । सवारी र ढुवानी साधनको चापसँगै सडक संरचनाहरू पनि अपर्याप्त भएकाले वीरगञ्ज क्षेत्रमा एउटा बेग्लै ट्रान्सपोर्ट नगरको खाँचो खट्किएको टेमानीको बुझाइ छ । ‘मुख्य नाकामा रहेको वीरगञ्ज दिनदिनै संकुचित हुँदै गएको छ । आयातनिर्यातको बढ्दो कारोबार र तीव्र बस्ती विस्तारले वीरगञ्ज क्षेत्रमा एउटा बेग्लै ट्रान्सपोर्ट नगरको अभाव महसूस भएको हो,’ उनले भने । ग्रेटर वीरगञ्जको अवधारणाले वीरगञ्जलाई आर्थिक राजधानी घोषणाको उद्देश्यलाई समेटेको बुझाइ विश्लेषक उमेशचन्द्र ठाकुरको छ । ठाकुर भन्छन्, ‘भारतमा राजनीतिक राजधानी दिल्ली भए पनि आर्थिक राजधानी मुम्बईलाई मानिएको छ । चीनमा व्यावसायिक गतिका कारण सांघाई आर्थिक राजधानीका रूपमा छ ।’ मुख्य आयातनिर्यात केन्द्र र औद्योगिक तथा व्यापारिक शहर वीरगञ्जले आर्थिक राजधानीको वैधानिकता प्राप्त गर्न नसक्नु र यसमा राजनीतिक नेतृत्व निरन्तर उदासीन देखिनु उचित नभएको उनी बताउँछन् ।

खुला संसद्को अवधारणा कर्णाली प्रदेशमा स्थापित भइसक्यो

लोकतन्त्रमा संसद्को अहम् महŒव हुन्छ । जनताको प्रतिनिधिका रूपमा संसद्ले लोकतान्त्रिक प्रणालीको केन्द्रीय तŒवको भूमिका खेल्छ । संसद् नै जनताको आवाज हो । जनताको आकांक्षा आवश्यकताको प्रतिविम्ब संसद्मा झल्कन्छ । तर, पछिल्लो समयमा प्रतिनिधिमूलक लोकतन्त्रको प्रमुख खम्बा संसद्प्रति नागरिकको विश्वास र भरोसामा कमी आइरहेको तथ्य सर्वविदितै छ । नेपालमा मात्रै होइन, यसको प्रभाव विश्वभर नै […]

खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित: सभामुख शाही

काठमाडाैं । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित भइसकेकाे बताउनुभएकाे छ । सभामुख शाहीले दोहोरो संवाद गर्ने कार्यक्रम जनतासँग प्रदेश सभा र जनतासँग सभामुख कार्यक्रमका लागि प्रत्येक जिल्लामा भिडियो कन्फ्रेन्स सिस्टम जडान गरेकाे बताउनुभएकाे हाे । संचारकर्मीसँग कुराकानी गर्दै उहाँले जनतासँग प्रत्यक्ष जोडिंदा जनस्तरबाट आउने प्रश्नले आफूलाई सिर्जनात्मक हुन र […]

विशेष आर्थिक क्षेत्रको अवधारणा असफल

काठमाडौं । विशेष आर्थिक क्षेत्रमा स्थापित पहिलो उद्योग शक्ति मिनरल फेल भएको सेजले जनाएको छ । कुल उत्पादनको ६० प्रतिशत विदेशमा निर्यात गर्ने सर्तसहित स्थापित उक्त उद्योगले तोकिएको परिमाणमा सामान निर्यात गर्न नसकेको सेजले जनाएको छ । शक्ति मिनरल्स प्रालिद्वारा उत्पादित वस्तु न्यून गुणस्तर रहेको भन्दै भारतले पटकपटक फिर्ता गर्नु, सेजले उद्योग बन्द गर्न पत्र […]

लुम्बिनी विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै

शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय रुपमा जोड्न ‘स्वर्ण त्रिकोण’को अवधारणा अहिले अघि सारिएको छ । प्रकृतिको खानी पोखरा र वन्यजन्तु अवलोकनस्थल चितवन जोडेर पनि सांस्कृतिक पर्यटकीय गन्तव्यका …