विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्ष आयकर छुट

काठमाडौं । नेपालमा गाडी एसेम्बल गर्ने उद्योगले ५ वर्षसम्म आयकर छुट पाउने भएका छन् । सरकारले ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिन लागेको हो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् । विद्युतीय गाडी एसेम्बल गर्ने उद्योगलाई उद्योग विभागको सिफारिसमा छुट दिने व्यवस्थासमेत बजेटले गरेको छ […]

सम्बन्धित सामग्री

सुन्दरले २० ओटा विद्युतीय बस थप्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक निजीक्षेत्रबाट विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिले थप २० ओटा बस चलाउने भएको छ । हाल चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी चारओटा बस चलाइरहेको सुन्दरले उपत्यकाका सबै रूटमा बस सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागेको हो । बुधवार सुन्दर यातायातको तेस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अबको २५ दिनभित्र नयाँ २० ओटा बस आइपुग्ने जानकारी दिए । कुल रू. ११ करोड लागतमा कम्पनीले चीनको बीएके कम्पनीबाट ती बसहरू खरीद गरेको हो । अबको ६ महीनामा सुन्दरले सञ्चालन गर्ने विद्युतीय बसको संख्या १ सय पुर्‍याउने लक्ष्य लिएको जानकारी थापाले दिए । कम्पनीले २०७६ भदौमा दुईओटा बसबाट उपत्यकामा विद्युतीय यातायात सञ्चालनमा गरेकोमा त्यसपछि दुईओटा बस थपेको छ । कम्पनीले अघिल्लो वर्षमा नै २५ ओटा बस थप्ने बताएकोमा हालसम्म पनि नयाँ बस भने ल्याउन सकेको छैन । कोभिडको असरका कारण निर्धारित समयभन्दा केही ढिलो भएको बताउँदै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले उपत्यकाका सबै रूटमा विद्युतीय बस पु¥याउने गरी बस थप्न लागिएको बताए । कम्पनीले सञ्चालन गरिरहेका बस ४० सीट क्षमताका हुन् र एकपटकको चार्जमा २६५ किलोमीटरसम्म बस गुड्न सक्छन् । कम्पनीका अनुसार बसमा डिजिटल पेमेन्टको समेत व्यवस्था गरिएको छ भने यी अपांगमैत्री पनि छन् । सुन्दरले विद्युतीय गाडी एसेम्बल गरी बंगलादेशसम्म निर्यात गर्ने दीर्घकालीन महŒवाकांक्षी योजना बनाएर  एसेम्बलिङ प्लान्ट निर्माणको काम अघि बढाएको छ । कम्पनीले बुटवलको सैनामैना नगरपालिकासँग ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएर करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीमा प्लान्ट स्थापना गर्न लागेको सुन्दरले प्लान्ट निर्माणका लागि कम्पनी छनोट गर्न टेन्डर पनि आ≈वान गरिसकेको छ । उक्त उद्योगमा नेपालका तर्पmबाट कम्पनीको लगानी भने एकदमै न्यून छ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भएकोमा उद्योगमा चीनको सिचुआन गुहाङ अटोमोबाइलको ४७ प्रतिशत र यूएईको सेक कम्पनीको ४६ प्रतिशत लगानी रहनेछ भने सुन्दरको तर्पmबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने कम्पनीले जानकारी दिएको छ ।

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।

ऊर्जामा नयाँ सोच

अहिले ऊर्जा मन्त्रालय सक्रिय देखिएको छ । एकातिर नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धकमा कुलमान घिसिङलाई ल्याइएको छ भने ऊर्जा खपत बढाउने गरी विभिन्न कार्यक्रमको घोषणा पनि गरिएको छ । यी काम सुधारतर्फका कदम हुन् कि होइनन् छुट्ट्याउन भने अझै गाह्रो भएको छ किनकि यी कार्यक्रमले ऊर्जा उत्पादन, वितरण र उपभोगमा दीर्घकालीन असर पार्ने तथा सरकारी कम्पनीलाई मुनाफामा लैजान सक्ने ठोस आधार देखिँदैन । विद्युत् महसुल घटाएर खपत बढाउन सकिन्छ । खपत बढ्नेबित्तिकै आम्दानी पनि बढ्छ । तर, यो रणनीति अपनाउनेतर्फ सरकारले चासो दिएको देखिँदैन । मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गलाई विद्युत् उपभोग शुल्क मिनाहा गर्ने निर्णय गरिएको छ । विपन्नहरूलाई यसरी सहुलियत दिनु ठीकै हो । तर, यसबाट विद्युत् प्राधिकरण घाटामा जान सक्छ र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ सोचिएको छ कि छैन स्पष्ट हुन सकिएको छैन । ऊर्जा उपभोगको वस्तुमात्र नभएर रणनीतिक महत्त्वको वस्तु पनि हो । त्यसैले ऊर्जामा आत्मनिर्भरता महत्त्वपूर्ण हुन्छ । नेपालले यसका लागि जलविद्युत्को अत्यधिक उत्पादन र उपभोग बढाउनुपर्छ र आयातित पेट्रोलियम पदार्थको उपभोग घटाउनुपर्छ । अहिले विद्युत् उत्पादन बढ्दो छ यद्यपि अहिलेको माग व्यवस्थापन गर्न विद्युत् आयात गरिरहनु परेको छ । वर्षा याममा बढी हुने र हिउँदमा उत्पादन कम भई माग धान्न नसक्ने अवस्था छ । निजीक्षेत्रले १ दशकभित्र प्रशस्त विद्युत् निकाल्ने गरी काम गरिरहेको छ । यो विद्युत् निर्यात गर्ने हो कि देशभित्रै खपत गराउने हो भन्नेमा सरकारी नीति स्पष्ट छैन । लोडशेडिङ कम गराउन सफलता प्राप्त गरेको तथा प्राधिकरणलाई नाफामा लैजान सकेको व्यक्ति भनी सर्वसाधारणले निकै रुचाएका व्यक्ति कुलमान घिसिङलाई प्राधिकरणमा ल्याइएको छ । तर, उनी नदी प्रवाही आयोजनासँग ऊर्जा खरीद सम्झौता गर्न कन्जुस्याइँ गर्ने पात्रका रूपमा चिनिन्छन् । यदि नयाँ आयोजनाहरूसँग विद्युत् खरीद सम्झौता गरिएन भने निजीक्षेत्रको लगानी फस्न सक्छ । वर्षा याममा विद्युत् फालाफाल हुन सक्ने परिस्थितिको आकलन उनले गरेको हुन सक्छ । त्यसैले विद्युत् खपत बढाउन सरकारले विशेष नीतिहरू लिनैपर्ने हुन्छ । विद्युत् महसुल घटाएर खपत बढाउन सकिन्छ । खपत बढ्नेबित्तिकै आम्दानी पनि बढ्छ । तर, यो रणनीति अपनाउनेतर्फ सरकारले चासो दिएको देखिँदैन । विद्युत् खपत बढाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति मन्त्रालयले लिएको मन्त्री पम्फा भुसालले बताएकी छन् । मन्त्रालय तहको मात्रै यो निर्णय हो भने यसले खासै फरक पार्ने देखिँदैन । तर, सबै सरकारी कार्यालयहरूले विद्युतीय सवारी प्रयोग गर्ने हो भनेचाहिँ खपत बढाउन सकिन्छ । विद्युतीय गाडी आयात गर्नुभन्दा स्वदेशमै एसेम्बल गर्न सस्तो पर्छ । त्यसैले विद्युतीय गाडी एसेम्बल गर्ने कम्पनीहरूलाई छूट दिइनुपर्छ । साथै, पुराना गाडीहरूलाई विद्युतीय बनाउन पनि प्रोत्साहित गर्नुपर्छ । घरेलु उपभोग बढाउने हो भने गाडीको चार्जमा मात्र कम शुल्क लिने होइन, खाना पकाउने एलपी ग्यासमा दिएको अनुदान बिजुलीका लागि दिइनुपर्छ । ग्यास महँगो र बिजुली सस्तो हुनेबित्तिकै घरेलु उपभोग ह्वात्तै बढ्ने देखिन्छ । खासमा विद्युत् खपत बढाउन उद्योगधन्दा खुल्नुपर्छ । उद्योगहरूले सस्तो बिजुली पाए पनि प्रतिस्पर्धी क्षमता बढ्छ । त्यसैले उनीहरूलाई विद्युत् शुल्कमा छूट दिइनुपर्छ । विपन्नलाई छूट दिएसँगै बढी उपभोगलाई प्रोत्साहन गर्न जति बढी विद्युत् खपत हुन्छ त्यति कम दरको शुल्क लगाउने नीति अख्तियार गर्नु उपयुक्त देखिन्छ । घिसिङले पहिलो कार्यकालमा निकै प्रशंसा बटुलेका हुन् तर उनले प्राधिकरणमा स्थिति भने बसाल्न सकेनन् । लोडशेडिङमा सफलता पाए पनि उत्पादनतर्फ उल्लेख्य योगदान दिएको देखिँदैन । अझ, प्रसारण लाइन निर्माणमा उनको योगदान खासै देखिएको थिएन । प्राधिकरणलाई खण्डीकरण गर्न शुरू भइसकेको अवस्थामा उत्पादन, प्रसारण र वितरणका कामलाई बढी प्रभावकारी बढाउनु जरुरी देखिन्छ । यसमा उनको सफलता निर्भर हुन्छ । विपन्नलाई निःशुल्क विद्युत् दि“दा प्राधिकरणमाथि पर्ने भारलाई सम्बोधन गर्न नसके यसको नाफा प्रभावित हुनेछ । नाफा बढाउन नसके उनी असफल मानिनेछन् । विद्युत् आपूर्तिमात्र होइन, गुणस्तरीय बनाउन पनि समस्या देखिन्छ । गुणस्तरीय विद्युत् भएमात्र घरेलु उपभोग बढ्ने हुँदा यसमा पनि सरकारको ध्यान जानु आवश्यक छ ।

सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको तयारी

९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो । प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ […]

यस्तो हुनेछ नेपाल कै पहिलो विद्युतीय गाडी एसेम्बल प्लान्ट

काठमाडौं । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले एसेम्बल प्लान्टको डिजाइन पुरा भएको संचालक भेषबहादुर थापाले जानकारी दिए । नेपालमा विद्युतीय सवारी साधनको संभावना बढ्दै गएको समयमा सुन्दर यातायातले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट खोल्ने तयारी गरेको हो । नेपालमा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट […]

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो

काठमाडौं, असार २२ । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो । कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल […]

गोल्डस्टारसहित चार कम्पनीले अनुमति लिए भैरहवा सेजमा

भैरहवामा निर्माण भएको विशेष आर्थिक क्षेत्र(सेज) मा उद्योग स्थापना गर्न चार कम्पनीले अनुमति लिएका छन्। सैद्धान्तिक सहमति गरेका १९ कम्पनीमध्येबाट चार कम्पनीले उद्योग स्थापनाको लागि विशेष आर्थिक क्षेत्र विकास समितिबाट अनुमति लिएका समितिका उपसचिव सुन्दर थापाले जानकारी दिए। गोल्डस्टर जुत्ताको उत्पादक कम्पनी, विद्युतीय गाडी एसेम्बल गर्ने आइडिएस नेपाल, जगदम्बा र एक हर्वल कम्पनीले तोकिएको शुल्क…