गोल्डस्टारसहित चार कम्पनीले अनुमति लिए भैरहवा सेजमा

भैरहवामा निर्माण भएको विशेष आर्थिक क्षेत्र(सेज) मा उद्योग स्थापना गर्न चार कम्पनीले अनुमति लिएका छन्। सैद्धान्तिक सहमति गरेका १९ कम्पनीमध्येबाट चार कम्पनीले उद्योग स्थापनाको लागि विशेष आर्थिक क्षेत्र विकास समितिबाट अनुमति लिएका समितिका उपसचिव सुन्दर थापाले जानकारी दिए। गोल्डस्टर जुत्ताको उत्पादक कम्पनी, विद्युतीय गाडी एसेम्बल गर्ने आइडिएस नेपाल, जगदम्बा र एक हर्वल कम्पनीले तोकिएको शुल्क…

सम्बन्धित सामग्री

भैरहवा विमानस्थलमा पुन: जजिराको उडान

काठमाडौं। गौतमबुद्ध (भैरहवा) अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी जजिरा एयरवेजले पुन: उडान शुरू गर्ने भएको छ । यसका लागि उक्त विमानस्थलले कम्पनीले माग गरेअनुसार ‘विन्टर सेड्युल’ स्वीकृत गरिदिएको छ । विमानस्थल कार्यालयले विन्टर सेड्युल स्वीकृत गरेसँगै कम्पनीले अब साताको तीन दिन उडान गर्नेछ । विमानस्थल कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले पहिलेजस्तै सोमवार, बुधवार र शुक्रवार उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको जानकारी दिए । नोभेम्बरदेखि मार्चसम्मको अवधिका लागि कम्पनीले उडान अनुमति पाएको हो । ५ महीनादेखि जजिराले उक्त विमानस्थलबाट उडान बन्द गरेको थियो । सो विमानस्थलको उद्घाटन नै यही एयरलाइन्स कम्पनीको अन्तरराष्ट्रिय उडानबाट भएको थियो । यो विमानस्थलबाट गत जेठदेखि नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरमा उडान गर्दै आएको छ । कम्पनीले साताको एक दिन मंगलवार यो विमानस्थलबाट सो गन्तव्यमा उडान गर्दै आएको हो । कम्पनीको जहाज क्वालालम्पुरबाट सीधै भैरहवास्थित सो विमानस्थलमा अवतरण हुने गरे पनि भैरहवाबाट भने काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर उडान हुने गरेको छ ।

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौंः विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन्। यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको…

अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु

भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दुई पटकको सूचनामा कुनै पनि कम्पनीले आवेदन नहालेको बताए। उनले भने, 'दुई पटक टेन्डर गर्दा कुनै पनि अन्तर्राष्ट्रिय कम्पनीले चासो देखाएनन्। अब हामी छिट्टै अर्को बोलपत्र प्रकाशन गछौँ।'...

जजिराले कुवेत–भैरहवा उडान थाल्ने

काठमाडौँ । स्थानीय समयअनुसार आज (आइतबार) रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो । जजिरा एयरवेजका सिइओ रोहित रामचन्द्रनले यो उडान नियमित हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए । कुवेतबाट आइतबार स्थानीय समयअनुसार साढे ६ बजे उड्ने […]

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान

भरतपुर–भैरहवा रुटमा साताको तीन उडान हुने

१९ साउन, काठमाडौं । अब चितवनको भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । कम्पनीका अनुसार १५ अगष्टबाट यो उडान हुने गरि मिति तय भएको छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ । […]

भरतपुर – भैरहवा उडान थप गर्दै बुद्ध एयर

वैशाख ७, चितवन । यसअघि भरतपुर– काठमाडौं गर्दै आएको बुद्ध एयरले  थप भरतपुर - भैरहवा उडान गर्ने भएको छ । यात्रुहरुको माग र आवश्यकतालाई ध्यानमा राखी उडान सञ्जाल विस्तार गर्दै जाने हेतुले भरतपुर - भैरहवा उडान थप गरिन लागिएको कम्पनीले बताएको छ ।  वैशाख १८ गतेबाट भरतपुर भैरहवामा सेवा सञ्चालन गर्न लागिएको बुद्ध एयरका भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले जानकारी दिए । ‘पहिलेदेखि कम्पनीको उडान सञ्जाल विस्तार गर्ने कम्पनीको योजना पनि थियो ’, उनले भने, भैरहवाबाट भरतपुर र भरतपुरबाट भैरहवा जाने यात्रुहरुको माग पनि उत्तिकै छ ।’  भरतपुर भैरहवा उडान शुरु गर्ने वित्तिकै लुम्बिनीको पर्यटकीय गन्तव्य र चितवनको पर्यटनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।  नारायणगढदेखि  बुटवल जाने सडक हाल स्तरोन्नति र निर्माण कार्य भएकोले यो उडानले यात्रुलाई केही सहज हुने उनले बताए । उनका अनुसार शुरुवाती क्षणमा कम्पनीको १८ सिटे जहाजबाट एउटा उडानबाट मात्र सेवा दिइनेछ ।  भरतपुर– भैरहवाको उडान भाडादर ३ हजार १०० रुपैयाँदेखि ३ हजार ५०० रुपैयाँसम्म हुन सक्ने उनले बताए ।  भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवँरले बुद्ध एयरको  भरतपुरबाट देशका अन्य शहर तथा जिल्लामा उडान सञ्जाल बढ्नु यात्रु तथा कम्पनी सबैलाई लाभ हुने बताए । ‘उडान विस्तारले यात्रुलाई सहज पनि हुन्छ’, उनले भने, ‘देशका प्रमुख शहर तथा जिल्लालाई जोड्न समेत सहयोग पुग्नेछ ।’ हाल कम्पनीले  दैनिक भरतपुर–काठमाडौं सात ओटासम्म र भरतपुर–पोखरा एउटा उडान गर्दै आएको छ ।