सुन्दरले २० ओटा विद्युतीय बस थप्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पहिलोपटक निजीक्षेत्रबाट विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिले थप २० ओटा बस चलाउने भएको छ । हाल चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी चारओटा बस चलाइरहेको सुन्दरले उपत्यकाका सबै रूटमा बस सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागेको हो । बुधवार सुन्दर यातायातको तेस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले अबको २५ दिनभित्र नयाँ २० ओटा बस आइपुग्ने जानकारी दिए । कुल रू. ११ करोड लागतमा कम्पनीले चीनको बीएके कम्पनीबाट ती बसहरू खरीद गरेको हो । अबको ६ महीनामा सुन्दरले सञ्चालन गर्ने विद्युतीय बसको संख्या १ सय पुर्‍याउने लक्ष्य लिएको जानकारी थापाले दिए । कम्पनीले २०७६ भदौमा दुईओटा बसबाट उपत्यकामा विद्युतीय यातायात सञ्चालनमा गरेकोमा त्यसपछि दुईओटा बस थपेको छ । कम्पनीले अघिल्लो वर्षमा नै २५ ओटा बस थप्ने बताएकोमा हालसम्म पनि नयाँ बस भने ल्याउन सकेको छैन । कोभिडको असरका कारण निर्धारित समयभन्दा केही ढिलो भएको बताउँदै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले उपत्यकाका सबै रूटमा विद्युतीय बस पु¥याउने गरी बस थप्न लागिएको बताए । कम्पनीले सञ्चालन गरिरहेका बस ४० सीट क्षमताका हुन् र एकपटकको चार्जमा २६५ किलोमीटरसम्म बस गुड्न सक्छन् । कम्पनीका अनुसार बसमा डिजिटल पेमेन्टको समेत व्यवस्था गरिएको छ भने यी अपांगमैत्री पनि छन् । सुन्दरले विद्युतीय गाडी एसेम्बल गरी बंगलादेशसम्म निर्यात गर्ने दीर्घकालीन महŒवाकांक्षी योजना बनाएर  एसेम्बलिङ प्लान्ट निर्माणको काम अघि बढाएको छ । कम्पनीले बुटवलको सैनामैना नगरपालिकासँग ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएर करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीमा प्लान्ट स्थापना गर्न लागेको सुन्दरले प्लान्ट निर्माणका लागि कम्पनी छनोट गर्न टेन्डर पनि आ≈वान गरिसकेको छ । उक्त उद्योगमा नेपालका तर्पmबाट कम्पनीको लगानी भने एकदमै न्यून छ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भएकोमा उद्योगमा चीनको सिचुआन गुहाङ अटोमोबाइलको ४७ प्रतिशत र यूएईको सेक कम्पनीको ४६ प्रतिशत लगानी रहनेछ भने सुन्दरको तर्पmबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

गुड्‌न थाले साझाका विद्युतीय बस (तस्बिरहरु)

काठमाडौँ – साझा यातायातका विद्युतीय बस सञ्चालनमा आएका छन्। बिहीबारदेखि साझा यातायात सहकारी संस्थाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। संस्थाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा आएका हुन्। आजदेखि तीन वटा विद्युतीय बस सञ्चालनमा आएका छन्। साझाले ४० वटा विद्युतीय बसका लागि सम्झौता गरिसकेको छ। बाँकी ३७ वटा बस आगामी महिनाभित्र आइसक्ने […]

यस्तो छ साझाको विद्युतीय बस (फोटोफिचर)

साझा यातायातले आज बिहीबारदेखि तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका यी तीन विद्युतीय बस परीक्षणपश्चात आजदेखि सञ्चालनमा ल्याइएका हुन्। दुईवटा बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको...

साझाका विद्युतीय बस आजबाट सञ्चालनमा आउने

काठमाडाैँ- साझा यातायातले पहिलो चरणमा ल्याएका विद्युतीय बस आजबाट सञ्चालनमा आउने भएका छन्। पहिलो चरणमा ल्याएका तीनवटा विद्युतीय बस आजबाट परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरी सञ्चालन हुन लागेका हुन्। बसमा चालक र सहचालकको व्यवस्था हुनेछ। सञ्चालनमा आउन लागेकाे विद्युतीय बस डिजेलबाट चल्ने बसकाे तुलनामा सुविधासम्पन्न सम्पन्न मानिन्छ। बस वृद्ध, अशक्त र बालबालिकाका […]

ललितपुर महानगरले आठ वटा विद्युतीय बस खरिद गर्ने

ललितपुर महानगरपालिकाले आठ वटा विद्युतीय बस खरिद गर्ने भएको छ। ललितपुर महानगर प्रहरीले सोमबार आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले आठ वटा विद्युतीय बस खरिदको योजना अघि सारेको बताए। उनका...

विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । बस सञ्चालनका लागि असोज पहिलो साता टेन्डर आह्वान भएको थियो । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस...

परीक्षणका लागि आउँदै साझाका विद्युतीय बस

निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले …

विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः  सुरु गरेको हो ।बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वानको तयारी गरेको हो । बोर्डले २०७७ चैत १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी थालेको हो । मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार

विद्युतीय बस ल्याउँदै साझा

काठमाडौं, भदौ १८ । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो । साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा […]

विद्युतीय बस ल्याउँदै साझा

काठमाडौं । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो । साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा एमाले अध्यक्ष […] The post विद्युतीय बस ल्याउँदै साझा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै

आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।सुन्दर यातायातले काठमाडौँ उपत्यकामा