काठमाडौँ। जसरी पनि एमसीसी अनुमोदन गर्न लागिरहेको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ खोजेको छ। सत्तामै रहेका नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी एमसीसीको विरोधमा सडकमा उत्रिएपछि कांग्रेसले नेकपा एमालेको साथ खोजेको हो।