काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा अवराेधबारे सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले आ-आफ्नै दाबी गरेका छन् । एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन् । नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन […]