लुम्बिनी प्रदेश : सांसद तानातानमा सत्ता पक्ष र विपक्ष

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका सांसदहरु र उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजेता भएकी विमला कुमारी खत्री (वली) सत्ता पक्ष र विपक्षको तानातानमा परेका छन् ।आफ्नो पक्षमा बहुमत जुटाउन दुवैतर्फ यी सांसदलाई गणना गर्न थालिएको छ । जसपाका ६ सांसदमध्ये दुई सांसद विपक्षी गठबन्धनमा सामेल छन् भने चारजनाले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिँदै आएका छन् ।तर प्रदेशसभामा आइतबार प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुनुअघि जसपा संसदीय दलकी प्रमुख सचेतक पुर्मती ढेगा मगरले विपक्षमा मतदा