२६ माघ, काठमाडौं । कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् । कतारमा करिब ७ महिनाको उपचार गराएर सावित्रा मंगलबार नेपाल फर्कीएकी हुन् । कतार एयरलाइन्सको विमानमा काठमाडौं आइपुगेकी उनलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । […]