विराटनगरमा न्यूरो सम्बन्धी जटिल समस्याको उपचारको लागि सम्झने नाम हो, ५० वर्षीय डा.यामबहादुर रोका । हँसिलो अनुहार, फिट शरीर र हक्की स्वभाव भएका वरिष्ठ न्यूरो सर्जन डा.रोका विगत १३ वर्षदेखि विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत छन् ।दैनिक ५० जना बिरामी जाँच्दै आएका उनले २० वर्षको अवधिमा लाखभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका छन् । हजारौं विरामीलाई नयाँ जीवन दिइसकेका डा. रोका हरेक बिरामीको परिवारमा खुसीको प्रकाश छर्न सफल छन् । २०६६ सालमा न्यूरो अस्पतालका