यो जात्रा हैन खोप लगाउने भीड हो !

सरकारले कोरोना बिरुद्धको खोप वितरणको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रहरुमा जात्रा नै लाग्ने गरेको छ । झण्डै एक किलोमिटरसम्मको लाइनमा आपसमा टाँस्सिएर खोपका लागि लाइन बस्दा संक्रमणको जोखिम उच्च रहेको छ । यस्तै देखियो काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहयोगी उच्च माध्यमिक विद्यालयमा । एकातिर खोपका लागि लाइन लागेको भीड अर्कोतिर खोप लगाउने र सुरक्षा प्रदान गर्ने …

सम्बन्धित सामग्री

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् ।सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो ।

सिंहदरबारमा बुस्टर डोज लगाउनेको भीड

काठमाडौं, माघ ४ । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रह्यो । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुबै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड […]

दाङमा कोरोनाविरुद्धको खोप लगाउने भीड, ६१ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

दाङ– कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिँदा खोप लगाउने कार्य पनि जारी छ। छुटेका व्यक्ति र पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउने कार्य चलिरहेको छ। भीडभाडका बीच खोप लगाउने कार्य चलिरहेको छ। सरकारले खोप कार्ड अनिवार्य गर्न थालेपछि खोप केन्द्रमा पुग्नेहरुको संख्या बढेको छ। दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप […]

भीड धेरै भएपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र

काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो । खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । […]

मोरङमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड, जनप्रतिनिधिबाटै मापदण्ड उल्लंघन

मोरङ– मोरङमा सरकारबाट प्राप्त कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ। फ्रन्टलाइनरसँगै ५५ वर्ष उमेरमाथिका व्यक्तिहरुलाई खोप लगाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ। सोमबार स्थानीय तहका स्वास्थ्य केन्द्रमा बिहानबाटै खोप लगाउने क्रममा सर्वसाधारणको भीड अत्याधिक रहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सोमबारबाट बुधबारसम्म खोप लगाउनका लागि भेरोसेलको ६९ हजार […]

कोरोना खोप केन्द्रको भीड व्यवस्थित गर्न माग

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् । चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका […]

प्रहरी अस्पतालमै मापदण्डको धज्जी : खोप लगाउने अस्पतालबाटै कोरोना सर्ने डर

महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेको अत्यधिक भीड बढेको छ । मंगलबार बिहानैदेखि सो अस्पतालमा भ्याक्सिन लगाउनका लागि नेपाल प्रहरी कर्मचारीसहित सर्वसाधारणसम्म जम्मा हुँदा अत्यधिक भीड लागेको हो । भीड निकै अव्यवस्थित रहेको छ भने कुनै सामाजिक दूरी पालना भएको छैन । मानिसहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि ठेलमठेल गरेर लाइन लागिरहेको देखिन्छ । जसका कारण  कोरोना संक्रमण सर्ने जोखिम उच्च देखिएको छ । अस्पताल स्रोतका अनुसार एक दिनमा प्रहरी अस्पतालमा २ हजार