महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउनेको अत्यधिक भीड बढेको छ । मंगलबार बिहानैदेखि सो अस्पतालमा भ्याक्सिन लगाउनका लागि नेपाल प्रहरी कर्मचारीसहित सर्वसाधारणसम्म जम्मा हुँदा अत्यधिक भीड लागेको हो । भीड निकै अव्यवस्थित रहेको छ भने कुनै सामाजिक दूरी पालना भएको छैन । मानिसहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि ठेलमठेल गरेर लाइन लागिरहेको देखिन्छ । जसका कारण कोरोना संक्रमण सर्ने जोखिम उच्च देखिएको छ । अस्पताल स्रोतका अनुसार एक दिनमा प्रहरी अस्पतालमा २ हजार