पोखरा– गोरखाको पालुङटारमा नजिकका तीन जिल्लाको सुरक्षा बैठक संयुक्त रूपमा बसेको छ । गोरखा, लमजुङ र तनहुँको जिल्ला सुरक्षा समितिको पदाधिकारी बैठक बसेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो। बैठकले तीनै जिल्लाको भूमि प्रयोग गरी शान्ति र सुरक्षालाई प्रभावित पार्ने काम निस्तेज पार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ […]