इरानले अन्तर्राष्ट्रिय परमाणु सम्झौताका प्रतिबन्धहरु नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरान सन् २०१५ मा गरेको सम्झौताबाट पछि हटेको हो।
इरानले सम्झौता अनुरुप परमाणु सम्झौतामा उल्लेखित युरेनियम प्रवर्द्धनको सीमालाई अब पालना नगर्ने घोषणा गरेको छ। युरेनियम प्रवर्द्धनलाई सीमित गर्न भएको सहमती