अमेरिका र दक्षिण कोरियाबीच ऐतिहासिक परमाणु सम्झौता

काठमाडौं : अमेरिका र दक्षिण कोरियाबीच ऐतिहासिक परमाणु सम्झौता भएको छ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलबीच दक्षिण कोरियामा अमेरिकी सशस्त्र पनडुब्बी परिचालन लगायतका विषय समेटेर सम्झौता भएको हो। यो सम्झौतासँगै वासिंटन उत्तर कोरियाविरुद्ध परमाणु हतियारलगायत प्रयोगमा दक्षिण कोरियालाई समेट्न तयार भएको छ।  त्यसको बदलामा दक्षिण कोरियाले आफ्नै परमाणु हतियार विकास नगर्ने सहमति भएको छ। वासिंटन घोषणा भनिने यो सम्झौताले उत्तर कोरियाको आक्रमण रोक्न एक आपसको समन्वयलाई ब...